साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश बर्बाद भयो

हुतिहारा नेताहरुले देशै डुबाए आशेपासे चम्चेलाई छ्याक्कन खुवाए। सुन्दासुन्दै हेर्दाहेर्दै देश बर्बाद भयो ऋण काढेर रिठे पनि खाडी मुलुक गयो।

Nepal Telecom ad

अमर अधिकारी  :

यति सुन्दर मुलुकमा देशघातीको प्रभाव:
कहिले पो सल्टिएला नैतिकताको अभाव।

जता हेर्योल त्यतै देख्छु भद्रगोल गति
जतिजति तहसनहस क्षति त्यतित्यति।

सत्ता कुर्सी खोसाखोस छ लुट्न छोड्ने कहिले ?
फटाहालाई काखी च्यापि पोस्छन् आज अहिले।

किन घात गर्छौँ मुर्ख सुन्दर धर्तिमाथि ?
ध्यान पनि दिदौनौ नि राम्रा अर्तिमाथि।

माफिया र गुण्डालाई किन सम्मान गर्ने ?
लुटको खेल देखिदेखि हामी छक्क पर्ने ?

सिंहदरबार रंगमञ्च अनि रंगशाला
भ्रष्टहरुको त्यसै हुन्छ राता चिल्ला गाला?

मरिसक्या अपराधीलाई पक्राउ पुर्जी जारी
नियम कानून किन फाल्छौ धुजाधुजा पारी।

परलोक भैसक्यालाई विपक्षी बनाउने
देशघातीले लाज नमानि टाउको कन्याउने।

नाटक धेरै चटक धेरै देशले सहन्न
नालायकको जगजगीले मुलुक रहन्न।

युवाहरु खाडी मुलुक किन लघार्छौ ?
यता गर्यो उता गर्यो छ धनै पघार्छौ।

हुतिहारा नेताहरुले देशै डुबाए
आशेपासे चम्चेलाई छ्याक्कन खुवाए।

सुन्दासुन्दै हेर्दाहेर्दै देश बर्बाद भयो
ऋण काढेर रिठे पनि खाडी मुलुक गयो।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x