साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोको बाघ नमारी हुन्न

खोजे थे गणतन्त्रको नवदिशा सारा दुनियाँहरू खेल्दै सांझविहान, रात, दिउँसो साना मुनियाँहरू । बौरायो यदि टाउको पनि भने झम्टन्छ मान्छेकन भोको बाघ अघाउँदैन जनको मासु नखाईकन ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

आयो एक महत्त्वपूर्ण सुघडी नेपालको आँगन
नौलो सिर्जनको विहानपखको नौलै छटाको मन ।
ढुक्कै बस्नु तथापि हुन्न अहिल्यै ढुक्तै छ रे त्यो वन
भोको बाघ अघाउँदैन जनको मासु नखाईकन ॥१॥

हामीले अति तीक्ष्ण बुद्धि नगरे हामी कता पर्दछौं
वर्षोंदेखि मर्याैं, अझै पनि यहाँ वर्षाैं झनै मर्दछौँ ।
थुन्ने खोर अझै भएन गतिलो, उम्किन्छ त्यो तत्क्षण
भोको बाघ अघाउँदैन जनको मासु नखाईकन ॥२॥

केही छैन सुकर्म किन्तु उसले खाएर पो नाच्तछ
भोकै बस्तछ लाखलाख दुनियाँ आँसु पिई बाँच्तछ ।
खोस्नै पर्दछ लोक-भोक दुनियाँ मारी लुटेको धन
भोको बाघ अघाउँदैन जनको मासु नखाईकन ॥३॥

खोजे थे गणतन्त्रको नवदिशा सारा दुनियाँहरू
खेल्दै सांझविहान, रात, दिउँसो साना मुनियाँहरू ।
बौरायो यदि टाउको पनि भने झम्टन्छ मान्छेकन
भोको बाघ अघाउँदैन जनको मासु नखाईकन ॥४॥

खट्टा भाँच, फुकाल दाँत उसका नड्ग्राहरू काट है
नौलो देश बनाउने समरमा बाधा सबै भाँच है ।
हाँसोले भरिउन् स्वदेशभरका गाउँ, रमाइरहुन्
सारा मानिस शान्तभाव रसका सङ्गीत गाइरहून् ॥५॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x