साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आवेदन

बेच्नेको थर जात काम पदको निर्क्योल चाँडै भए गर्नेको व्यवहारबाट उसको नामावली तोकिए केही हुन्छ फराकिलो मुलुक यो होस् शीघ्र सम्बोधन लामो एक फिराद पत्र कि दिऊँ सोच्दै छ मेरो मन ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

केही शब्द र अर्थका विषयमा सन्देह पैदा भयो
त्यस्ता शब्द बदल्न कोसिस गरौँ सल्लाह लौ चाहियो
भन्छन् शब्द मिलेन अर्थसँगमा प्रश्नादि गर्छन् जन
मिल्दो शब्द बनाउने विषयमा लेख्दैछु आवेदन ।।१

हाम्रो बाल्टिन शब्द देख्दछु यहाँ उस्तै छ त्यो लाल्टिन
अर्थारोध अनर्थ देखिन गयो के भन्दछौ सज्जन
बत्ती बाल्न प्रयोग हुन्छ जसको नामावली बाल्टिन
पानी हाल्न प्रयोग हुन्छ उसको होस् नाम लौ हाल्टिन ।।२

गोली हान्न लगाउने सुजनको नामै यहाँ पुष्प छ
हाम्रो आँसु बगाउने कमल रे के शब्द औचित्य छ
माटो सुम्पिन जो छ तत्पर यहाँ हो भारुको राम रे
आस्था मन्दिर धर्मको जतनमा लाग्ने त बालेन रे ।।३

छोटो पुच्छरको छ गोरु कसरी फुर्के हुने हो र सो
छैनन् रक्षण निम्ति नै सिङ तिखे यस्तै भएको छ यो
कुर्सी पाउन जो सधै झुकिरह्यो होला र के देउ-वा
कोही सन्तति छैन सो नर कहाँ साँच्चै हुने हो र बा ।।४

लेख्छन् लेखक लेख काव्य रचना भन्ने सुनेको थिएँ
मान्छे बेच्न गिरोह पाल्दछ भनी सुन्दा अचम्मै भएँ
यस्ता लेखक पाठकादि थरको होला कि संशोधन
बिन्तिपत्र बुझाउने विषयमा सोच्दै छ मेरो मन ।।५

बेच्नेको थर जात काम पदको निर्क्योल चाँडै भए
गर्नेको व्यवहारबाट उसको नामावली तोकिए
केही हुन्छ फराकिलो मुलुक यो होस् शीघ्र सम्बोधन
लामो एक फिराद पत्र कि दिऊँ सोच्दै छ मेरो मन ।।६

कस्ता कागज चाहिँने विषयका के सक्कली नक्कली
के कार्यालयमा दिने लिखत यो होला बडो अक्कली
यस्ता नामहरू सिफारिस गरोस् नोबेल पाइन्छ वा
यत्रो युद्ध समाप्तिको जस लिने हाम्रा यी सच्चा युवा ।।७

०००
बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x