साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुतर्कदेखि सतर्क

अहिलेकालाई मात्र कारबाही गर्न घोर अन्याय हुन्छ भनेर एक बॉस लामो कुतर्कको ढाट तेर्स्याउँछन् । सामान्य हिसाबले विचार गर्दा कुरो बेठीक भन्न मिल्दैन । तर भ्रष्टाचारी खोज्दै किराँतकालसम्म पुग्नु भनेको हुने कुरा हो ?

Nepal Telecom ad

चूडामणि वशिष्ठ

तर्क-वितर्क, कुतर्कदेखि सतर्क हुनैपर्छ । कुनै पनि कुराको व्याख्या, विवेचना, विश्लेषण, मूल्याङ्कन, आकलन, टिप्पणीसम्म गर्नु ठिकै हो तर तर्क-वितर्क कुतर्क आउन थालेपछि कुरो खनिन्छ । कुतर्क कहाँ सम्मका हुन्छन् भने कसैको व्रत, एकादशी लिएर पनि मासु खाने जुक्ति निकाल्यो भने मासुमा सिधेनुन हालेर खाएपछि भइहाल्छ नि । कस्तो कस्तो कुरामा पनि सिधेनुन चल्छ, यो नुन भएपछि केही दोष छैन भन्छ र खान्छ । त्यस्तै कसैले आमाबाबुको बरखी बारेर सेतो कपडा पहिरिएको बेलामा मासुको तलतल लाग्यो भने सेतो हाँस, सेतो भाले, सेतो खसीको मासु चलिहाल्छ नि । भन्ने कुतर्क झिकेर खाइछोड्छ । कुराको चूरो कहाँ छ कहाँ, आखिर कुतर्कका कुरो झानेपछि चलिहाल्छ नि । यसरी नै चल्दैछ हरेक कुरा ।

साँच्चै नै सोझो, सिधा । सामान्य मान्छेले सेतो लुगा लगाएको बेलामा सेतो भाले खाने कुरा मिल्दोजल्दो हो, ठिकै होला भन्ने ठान्न सक्छ । भात खान नहुने दिन चोख्यान हालेको भात, नुन खान नहुने दिन सिधेनुन खाएर सामान्य किसिमले चलनलाई मिच्ने प्रचलन छ । मासुमा सिधेनुनले ‘कसो नहोला त ।’ भन्ने डेढ अक्कल आउन सक्छ । कसैले ‘हुन्छ !’ भन्ने कुतर्क गरेपछि कि त्यसलाई उछिन्ने खालको अर्को तर्क तेर्स्याउनु पन्यो, होइन भने ‘होला ता नि है ।’ भन्नु पर्याे, कि तर्क-वितर्कको छेउछाउमा जानुभएन । ‘होइन कुरा’ लाई पनि ‘हो कुरा’ ॐ पारेपछि र उसका छट्याइँलाई पक्रेर पछार्न नसकेपछि कुतर्कदेखि सतर्क हुनुपर्छ नि !

सामान्य सोझासिधा सज्जन मान्छेले हल्का तर्कसम्म गर्लान तर कुतर्क गर्दैनन् । आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने मान्छे कुतर्क गर्न भन्दा कामतिरै लागिहाल्छन् । तर जो काम गर्न अल्छी छ, कामचोर छ, अरूको श्रम र पसिनाबाट पल्केको उ त्यस्ता मान्छेको प्रमुख हतियार भने कुतर्क गर्नु हो । एउटा न एउटा अखरचाहिँदो, टेडो, बाउँटो, अकडो कुतर्क लिएर अघि सर्छ । तर्कसँग केही मान्छे भिड्न सक्छन्, तर कुतर्कसँग भिड्नको बदला तर्किन बल गर्छन् । हिजो मात्र एउटा फटाहा, फन्टुस, दुर्छ, चुक्लीवाला भनेर धेरैले चिनेको मान्छेले उसले गरेको काम नै सबैभन्दा ठीक हो भन्ने कुतर्कद्वारा नै प्रमाणित गर्ने जमर्को गर्यो । त्यति मात्र होइन, ‘तिमीहरू सोझा, सिधा, सज्जन भएर के जित्यौ, के पायौ’ भनेर नाजवाफ नै बनायो । अब भन्न त ‘हो, हो! तिमी ठीक हौ, हामी बेठीक ।’ भन्नुपर्यो कि परेन त ? कि उसका कुरा सुन्दै नसुनी त्यहाँबाट भाग्नु, तर्किनु पर्यो कि परेन त ।

होइन, साँच्चो कुरो त यहाँ अर्कै छ नि। हाम्रो देशकै सन्दर्भमा भनौं न-कनै एउटा भ्रष्टलाई जति नै धारे हात लगाएर जस्तासकै शब्दले सरापे पनि उनीहरू नै खाईलाई गरेर मोजमस्तीमा छन् । दुनियाँले उनीहरूकै कुरा सुन्छन् । त्यति मात्र होइन, मञ्चमा आसीन हुन, मानसम्मान प्राप्त गर्ने कुरामा उनीहरू नै अघि छन्। सानातिना बाधाबिध्न अवरोधलाई पैसाले बगाइदिन्छन् । पापको कालो धब्बालाई पैसाले पखाल्छन् । अन्तिममा उनीहरू नै सुकिला। ओलीओली र परीपरीका कुतर्क तेर्स्याएर अरू मान्छेलाई नै अप्ठेरो पार्छन्, पारिराखेका छन् । अनि केही लाग्छ त ।

हामीकहाँ कोहीकोही बेला कानूनी कुतर्कहरू यसरी नै चल्ने गरेका छन् । यहाँ पनि भ्रष्टाचारकै कुरा गरौं न । भ्रष्टाचारी साँच्चै खोज्ने हो भने उहिले किराँत मल्लकालदेखिको राणाकाल, पञ्चायतकाल हुँदै बल्ल अन्त्यमा अहिलेका भ्रष्टाचारी खोजेर कारबाही गर्नुपर्छ । अहिलेकालाई मात्र कारबाही गर्न घोर अन्याय हुन्छ भनेर एक बॉस लामो कुतर्कको ढाट तेर्स्याउँछन् । सामान्य हिसाबले विचार गर्दा कुरो बेठीक भन्न मिल्दैन । तर भ्रष्टाचारी खोज्दै किराँतकालसम्म पुग्नु भनेको हुने कुरा हो ? हो नि हुन त, भनेर मात्रै के गर्नु र । जति नै गिजोले पनि कुरा यिनै हुन्, कसो पो गर्ने र !

०००
कुरा यिनै हुन्, कसो पो गर्ने र ! (२०६१)
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x