साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसाको महिमा

ज्ञानीले पैसा सबथोक नभै साधन भनि चलाउछ मूर्ख, बेकुफ साध्य सम्झदै जीवन त्यस्मै जलाउछ सन्तुलन राख्नसके विधि, व्यवहार सहज रहदै, स्वाभाविक शान्ति र सरस रङ्गिन फूलझैं पलाउछ ।

Nepal Telecom ad

कुमार खड्का :

पैसा मूख्य साधन जीवनको पैसाले सबै चलाउछ
पूजिजिवी समाज हो यो पैसाले उठाउछ, ढलाउछ
भूमिका विशेष ब्यापक विनिमयमा हुन्छ सरलता,
प्राप्तिले जीवन भरोसायोग्य नहुदा जीवन गलाउछ ।१

पैसाकै लागि होड र दौड प्रतिस्पर्धा झन् तिव्र छन्
यस्ले बनाउँछ नीजि स्वर्ग त्यसैले लुटमा व्यग्र छन्
अरुलाई आफ्नो बनाउछ आफन्त पराई गराउदा,
नसोचेको प्राप्तिका अर्थमा पैसाले उग्र गराउछ । २

धर्म,संष्कार, रीतिथितिहरु यसैले सबै मिलाउछ
टेढोलाई सोझो पार्दै कमजोरको अभय दिलाउछ
बिग्रेको मति सुधार्छ यसले सुध्रेका विकृत बनाउदै,
उथलपुथल वातावरणमा व्यबहार सारा हिलाउछ ।३

ब्रम्ह्माले गरे सृष्टि कुबेरको, बिष्णु बैकुण्ठ रमनमा
महादेवको त्रीनेत्र खुल्दो नगदी लोभको शमनमा
अन्नदान, भूदान, मूद्रा र स्वर्णदान मूख्य मानेर,
दानकै भारी प्रपन्चमा परि बलि रसातल गमनमा ।४

घुमाउरो छ कमाउने बाटो खर्चले भ्वाङ हाल्दछन्
भित्र्याउन छ गरुङ्गो अति खर्चको पखेटा चाल्दछन्
लामो हातगर्ने हुन्छन् कति समस्या टार्नको लागिनै,
अपराधिक मार्ग चित्रमा कयौंले ज्यानै फाल्दछन् ।५

भोग,विलासमा रमाउदै बिनापरिश्रम रोगाइमा
कठिन मेहनत गर्ने पनि दुखको अनन्त भोगाईमा
परिश्रम, बुद्धि र विवेकले प्रयोग, उपयोग गर्न सके,
सत्य कमाईको अर्थ धेरै प्राप्तिका वीधि,जोगाइमा । ६

ज्ञानीले पैसा सबथोक नभै साधन भनि चलाउछ
मूर्ख, बेकुफ साध्य सम्झदै जीवन त्यस्मै जलाउछ
सन्तुलन राख्नसके विधि, व्यवहार सहज रहदै,
स्वाभाविक शान्ति र सरस रङ्गिन फूलझैं पलाउछ । ७

०००
आलापोट, काठमाण्डौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x