साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता

गान्धी गोड्से हुन्छ पण्डित पादरी बन्छ सयपत्री बाबरी हुन्छ । मेरो देशमा सत्ता भन्ने यस्तो ठाउँ छ जहाँ पुगेपछि वयोवृद्धहरूको पनि ब्याट्रीचार्ज हुन्छ लिलिपुट पनि इन्लार्ज हुन्छ ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

मेरो देशमा
सत्ता भन्ने यस्तो ठाउँ छ
जहाँ पुगेपछि
वयोवृद्धको पनि ब्याट्री चार्ज हुन्छ
लिलिपुट पनि इन्लार्ज हुन्छ ।
लाटाहरू भाषण गर्न थाल्छन्
बाठाहरू गोजेरो भर्न थाल्छन् ।
सञ्जयहरू नै धृतराष्ट्र भइदिन्छन्
सावित्रीहरू पिङ्गला बनिदिन्छन् ।
पोथी भाले हुन्छन्
शत्रु पाले बस्छन् ।
कृष्ण कंस हुन्छ
युधिष्ठिर दुर्योधन बन्छ ।
सत्तामा पुगेपछि-
कवि पनि कसाई बन्छ
कसाई पनि कवि हुन्छ
गान्धी गोड्से हुन्छ
पण्डित पादरी बन्छ
सयपत्री बाबरी हुन्छ ।

मेरो देशमा
सत्ता भन्ने यस्तो ठाउँ छ
जहाँ पुगेपछि
वयोवृद्धहरूको पनि ब्याट्रीचार्ज हुन्छ
लिलिपुट पनि इन्लार्ज हुन्छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x