सुभाषचन्द्र देवकाेटाजो आए पनि कानै चिरेका
चप्पलको तना फेरिन्छ कि ? गोठको भैंसी फेरिन्छ ? कि कालापानीको नदी फर्किन्छ ? ऊ गएर के हुन्छ ? ऊ आएर के हुन्छ ? मनको लड्डु घिउसँग खानु । आखिर, जो आए पनि कानै चिरेका ।

सुभाषचन्द्र देवकाेटा :
ऊ गएर के हुन्छ ?
ऊ आएर के हुन्छ ?
हाम्रो घरको चुलो बल्छ ?
हाम्रो खेतको कुलो बन्छ ?
कि गाउँको थकाई मार्ने चौतारी बन्छ ?
ऊ गएर के हुन्छ ?
ऊ आएर के हुन्छ ?
देशमा उद्योग धन्दा खुल्छन् ?
खाडीबाट हाम्रा छोरा छोरी फर्किन्छन् ?
कि हाम्रो घरको धूरी खाबो फेरिन्छ ?
ऊ गएर के हुन्छ ?
ऊ आएर के हुन्छ ?
अस्पताल बन्छ कि
खेतमा धान फल्छ ?
कि गाउँको धारोमा पानी आउँछ ?
ऊ गएर के हुन्छ ?
ऊ आएर के हुन्छ ?
चप्पलको तना फेरिन्छ कि ?
गोठको भैंसी फेरिन्छ ?
कि कालापानीको नदी फर्किन्छ ?
ऊ गएर के हुन्छ ?
ऊ आएर के हुन्छ ?
मनको लड्डु घिउसँग खानु ।
आखिर,
जो आए पनि कानै चिरेका ।
०००
गाेरखा, हाल- काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































