साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाईजात्रा

बस्तिमा फुलेका केशजात्रा एउटा ढुङ्गो नभएको देशजात्रा पूर्वको सत्य लुकाइजात्रा पश्चिमा असत्य फुकाइजात्रा गाजामा कस्तो नरकजात्रा मानव अमानवको फरकजात्रा ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

वर्ष भरिमा
जम्मा सात दिन गाईजात्रा
३५८ दिन साँढेजात्रा
बजारभरी माडेजात्रा
देशलाई उँधै गाडेजात्रा

सत्तामा सधैँ ढाडेजात्रा
बिदेशिको इशारामा भाँडेजात्रा
तन्त्रको नाममा गाँडेजात्रा
जनताको सधैं घाँडेजात्रा

युवा विदेशमा गाडेजात्रा
गाउँमा रित्ता भाँडेजात्रा
सिंहदरबारमा थुक्क जात्रा
जेट बजेट भुसुक्क जात्रा
झोले र आफन्तको नाचेजात्रा
तिनका टाउकेको लाखेजात्रा

विदेशमा नेपालीको हरुवाजात्रा
नेपालमा रहेकाको पानी मरुवाजात्रा
धर्तिलाई सधैं रुवाइजात्रा
सोझा सिधालाई जुधाइजात्रा
न्यायको नाममा अन्याय जात्रा
यस्तै गरि देश भ्याएजात्रा ।

अड्डामा सधैं घुसजात्रा
राजनीतिमा ठुसठुस जात्रा
रुखमा मरिछ खोइजात्रा
बृद्धबृद्धा एक्लै रोइजात्रा
गर्न खोज्नेलाई मारजात्रा
दुष्टका पाउमा लम्पसार जात्रा

कुर्सी कुर्सिमा अन्धो बहिरोजात्रा
सडकमा सधैं पहिरोजात्रा
छिमेकीको जहिले कुजात्रा
त्यसका व्यबहार थू जात्रा

बस्तिमा फुलेका केशजात्रा
एउटा ढुङ्गो नभएको देशजात्रा
पूर्वको सत्य लुकाइजात्रा
पश्चिमा असत्य फुकाइजात्रा
गाजामा कस्तो नरकजात्रा
मानव अमानवको फरकजात्रा

मारेर पशु खाइजात्रा
मान्छे को धाक लाइजात्रा
कति हो कति यस्ता जात्रा
आकाशका ताराझै होला मात्रा ।

०००
२०८२ साउन २७
गाईजात्रा सप्ताह
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x