साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किनकि तिमी नेता

निजी जमीन जोड्नु ब्याङ्क ब्यालेन्स बढाउनु र सुन थुपार्नु तिम्रो लागि साम्यवाद हो रुखो बोल्छौ गजक्क पर्छौ श्रमजीवी जनतालाई हेप्छौ हामीजस्ता कविहरूको खेदो खन्छौ किनकि तिमी नेता ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

(यो कविता मैले २ वर्ष अगाडि नै लेखेको थिएँ । अहिले चरितार्थ भयो ।)

कुनै सपना छैन
कुनै योजना छैन
कुनै लक्ष्य छैन
कुनै गन्तव्य छैन
किनकि तिमी नेता ।

शहीदको रगत पिएर
तिमी बाँचिरहेका छौ
जनताको पसिना पिएर
तिमी बाँचिरहेका छौ
युवाहरूलाई खाडीमा बेचेर
तिमी बाँचिरहेका छौ
महिलाहरूलाई बम्बईमा बेचेर
तिमी बाँचिरहेका छौ
किनकि तिमी नेता ।

साम्राज्यवादीहरूले आँखा तर्दा
तिमी सुरुवालमा मुत्छौ
विस्तारवादीहरूले हाच्छिउँ गर्दा
तिमी सुरुवालमा मुत्छौ
प्रतिक्रियावादीहरूले ख्वाक्क खोक्दा
तिमी सुरुवालमा मुत्छौ
दलाल पूँजीपतिहरूले पाद्दा
तिमी सुरुवालमा मुत्छौ
किनकि तिमी नेता ।

तिमी मान्छे मारेर आजीवन जेल परेका
हत्याराहरूलाई आममाफी दिन्छौ
तिमी निर्मला पन्तका अपराधीहरूको
प्रमाण नष्ट गर्छौ र उनीहरूलाई संरक्षण दिन्छौ
तिमी देशद्रोही, जनविरोधी, भ्रष्टाचारी
र बिचौलियाहरूको घेरामा बस्छौ
र उनीहरूको सल्लाहमा चल्छौ
किनकि तिमी नेता ।

तिमी कामको नाममा एउटा सिन्को पनि भाँच्दैनौ
तिमी कामको नाममा एउटा ढलेको गिलास पनि उठाउँदैनौ
बरु पटक पटक सरकार बनाउँछौ/ढाल्छौ
बरु पटक पटक पार्टी एकता गर्छौ/फुटाउँछौ
आफ्नो निजी आलिशान महल बनाउनु
तिम्रो लागि नौलो जनवाद हो
आफ्ना गर्लफ्रेन्डहरूलाई सांसद र मन्त्री बनाउनु
तिम्रो लागि समाजवाद हो
निजी जमीन जोड्नु
ब्याङ्क ब्यालेन्स बढाउनु
र सुन थुपार्नु तिम्रो लागि साम्यवाद हो
रुखो बोल्छौ
गजक्क पर्छौ
श्रमजीवी जनतालाई हेप्छौ
हामीजस्ता कविहरूको खेदो खन्छौ
किनकि तिमी नेता ।

तिम्रो महिमा हज्जार जिब्रा भएका
शेषनागहरूले पनि बताउन सक्दैनन्
कुनै पनि हैसियत नभएको
म जाबो एउटा तुच्छ रैतीले के भन्न सकुँला र !
तिम्रो बारेमा जति बोलेपनि थोरै हुन्छ
तिम्रो बारेमा जति लेखेपनि थोरै हुन्छ
तिमी फोहरको थुप्रो
तिमी कुहिएको फर्सी
तिमी घाउको पीलो
तिमी म्याद सिद्धिएको औषधि
किनकि तिमी नेता ।

०००
२०८० कार्तिक १४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x