साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँलाई केको खोजी ?

घरमा बिहे नभएका नन्द कतिओटि छन् र हुनेवाली सासूको हिटलरत्व कतिको चर्चित छ । ठिकै त हो नि। घोच्नु अघि सोच्नुपर्छ । माढेर डल्ला पारे पछि त फेरि ऑटो बनिँदैन क्यारे ।

Nepal Telecom ad

अर्जुन निराैला :

‘तँलाई के को खोजी ?’ बस्, यही एउटा वाक्य नै पर्याप्त थियो। इतिहात्त नै आर्क हुने थियो । दशरथ राजाले रामको राज्याभिषेक गर्नेअघि दासी मन्धराका गिदीमा दुष्ट किराहरू गुजगुजाए । ती किराहरू रानी कैकेयीका टाउकामा ट्रान्सफर गर्न ब्लु-दुथ अन गर्दा कैकेयी माताले ‘तँलाई के को खोजी ?’ ‘त दासी होस्, आफ्नो काम गर्न भनेर भनिदिएकी थिइन् भने के बिग्रिन्थ्यो र? तर भनिनन् । भाइरस पस्यो । मन्धराको यो प्रभावशाली र ऐतिहासिक खोजीले पछि रामायणमा अनेक ‘खोजी हरूको जन्म दियो। रोजी हिँड्‌नेले खोजी हिँड्‌छ भने पनि यहाँ त रोज्नु थिएन, खोज्नु मात्रै थियो।

हराएका व्यक्तिका खोजी, मृगको खोजी, औषधीको खोजी अनि लडाबाट फर्केकी सीताजीका बारेमा खस्याक-खुसुक गर्दै मन्थराटाइप विध्वंसी खोजी। शूर्पनखाको दुर्दशाको रावणद्वारा खोजी, रामद्वारा स्वर्णमृगको खोजी, तत्पश्चात सीताजीको खोजीमा एड्‌भेन्चरपूर्ण र युगान्तकारी अभियान । मन्धराको भाइरसले बालीलाई पनि मास्यो। फेरि रणक्षेत्रका अचेत लक्ष्मणजीलाई बचाउने सञ्जीवनी औषधिको खोजीमा पवनपुत्रको वायुपथयात्रा अनि पर्वतोत्तोलन । मोबाइल फोन थियो भने त हेल्लो गरेर ओखतीको चिनारी खोज्दा पर्वत बोक्नै पर्ने थिएन। पर्वतीय क्षेत्रमा नेटवर्क नपाएको पनि हुन सक्छ । मन्धराको त्यो कुख्यात खोजीले हनुमान्लाई पनि पर्वत बोकायो, लङ्गेशलाई पनि सुतायो । रावणलाई फेरि के-केले कुत्कुत्याएको थियो कुन्नि, हनुमान्‌को पुच्छरको धेर ‘खोजी गर्ने भएर राजधानी नै भष्म पार्याे। सगुलै सीता मैयाँलाई लिएर चौथ वर्षपश्चात् राम अयोध्या फर्केपछि प्रजाले चाहिँ किन सीताजीको त्यस्तो खोजी गर्नु परेको ? उनीहरूका खस्याक-खुसुक, खुसुक खास्त्राकले मैयाँलाई फेरि वनवास पुन्याइदियो । एउटाको चासो, आर्काको पासो ।

त्रेतायुगको ‘खोजी’ अहिले कलियुगमा पनि बुढिएको छैन । झन् पो कलकलाउँदो भएर झाडिएको छ। खस्खस् लागिहाल्छ, खोजी नगरी सकिंदैन । बुवा-आमा पल्याक-पुलुक हेर्दै बात गरिरहेको बेला छेउमा गएर ‘आमा, को कहाँ गयो अरे ? के भयो अरे?’ भन्ने खाल्का अनेक प्रश्नहरूको एउटै चिराचरित उत्तर ‘तँलाई के को खोजी?’ मन भने पटक्कै मान्दैन । यी ‘खसखस’का कीटाणु पनि अजम्मरी हुँदा रैछन् ।

आफ्नो भुँडीलाई चौरासी इन्चीको बनाउने पवित्र सङ्कल्प लिएर नेता सांसद बन्दछ । पाँच वर्षमा जसैतसै अस्सी इन्चीसम्मको भुडी मात्रै सुमसुम्याउन पाएको हुन्छ, रहल चार इन्चीको इप्सित लक्ष्य प्राप्त गर्न आउँदोचोटि भोट माग्न जाँदा छुच्चा प्रजाहरू बित्थाका पाँच वर्षका गतिविधि र कार्यावलीको खोजी गर्छन् । सांसद बनेर के खाइस् कति खाइस्, कसलाई खुवाइस्, कुन-कुन आफन्तलाई लिएर देश निर्माण गरिस्, हामीलाई कति लात्ती हानिस्, कुन खुट्टाले हानिस् इत्यादि । खोजी नै खोजी । अर्काको उन्नति चिलाउँछ क्यारे इनीहरूलाई। पाँच वर्षमा सुकेर भाटो भएर फर्केको भए फुरुक्क पर्थेऊ? राजाको गोजी, भरियालाई खोजी। पाइन्न है।

कत्रो प्रसव वेदना खपेर एउटा पुस्तक भूमिष्ठ हुन्छ अथवा पत्रिका बामे सर्न थालेको हुन्छ, हिंसेहरू के-के च राम्रो भएन त्यो खोतल्न थाल्छन्। अप्ठ्यारा र विसङ्गति मात्र खोजी गर्नु आफ्नो प्राथमिक र पवित्र कर्तव्य ठान्दछन् । लुगाको सग्लो ठाउँहरू चाहिँ दृष्टिमा आउँदैन, उघेएको ठाउँ मात्रै देख्छन् । उोको ठाउँमा चिहाउने अलग्गै मजा छ क्यारे। कहाँ त्यतिमात्र हो र, कसैले पुरस्कार-सुरस्कार पायो भने पनि कतै फिक्स पो हो कि भन्ने खोजी गर्न थाल्छन । सोझो कहानीलाई फल्यात्तै सस्पेन्स बनाइहाल्छन् । अर्काको भलो कत्ति गन्हाएको ? मन्थराका पनातिहरू ।

खोजी पनि स्वभाव अन्सारको हुँदो रैछ । पुरेतबालाई दुनाको खोजी, मदनहरूलाई मुनाको खोजी, जोडीहरूलाई कुनाको खोजी । कैलाश पुगेर कसैले शिवजीको खोजी गाईन भनेक चिलिमको खोजी गर्छन। धेर खोजी गरेर आफ्नो पनि चिलिम फर्काउछन्, अर्काको पनि । भाङ तानेर चिलिम रिशिएपछि त्यसलाई शङ्करजीका भक्तगणले उभिण्डो पारेर राखिदिँदा रैछन् । त्यसैले चिलिम फर्किएको भनेका होलान् । कोही उँभो लाग्यो मने, धन-यश-नाम कमायो भने, आफूसँगै समाजलाई पनि उँभो नै लाने प्रयासमा छ भने पनि हाम्राहरूले त्यसको गित जीवनको चाखलाग्दो खोजी गरेर चिलिम-सिलिम फर्काइ‌दिने तर्खर चरिहाल्छन् । खुट्टा कत्तिको बटारिन्छन्, यौवनमा के-के चकचक गर्याे, मामा मयुराको स्टेटसलाई कसरी उपयोगमा ल्यायो, कुन नेताको कन्दनीमा झुण्डिएर पुरुस्कारतर्फ लम्कियो इत्यादि भुत्रे कुरा केलाउँछन् ।

अरे यार, रुखले गुलियो कल दिएको छ त चुप लागेर खाएर स्वास्थ्य बनाऊ क्या? पात अमिलो छ, जरो नितो छ, अगड़ङ-बगड्ड केको खोजी ? मन्थरावादी हरियो फिडो, सुकिलो वाउँ बाहिँ पटक्कै देख्तैन । कोही फुर्ति गरिरहेको छ भने पनि ‘यसले आज ठुलो दाउ मारेछ क्यार’ भन्छन्, झोक्राएर बसेको छ भने पनि ‘यस्का घरकी पोइला गइ * क्यार भन्छन् । मन्धराका प्रेतात्माहरूले भलो किन सोच्थे त । महलाई पनि गौरीको जुठो भन्छन् । आफ्नै नाकमा आका दलिएको छ, कता के गन्हायो भन्दै खोजी गरिहिँड्‌छन् ।

बिहे गर्नलाई केटीको खोजी गर्दै केटो आएपछि त केटीको घरमा ‘खोजी को विस्फोट हुन्छ । छ्यास्स कुरो छोडेर केटोपक्ष फर्किएपछि छरछिमेक, इष्ट-मित्र, काका-बडाउ, मावोली सबैतिरबाट स्याउँस्याउँती ‘खोजी’हरू चिल्बिल्याउन वात्छन् । पिउँछ पिउदैन, भाङ-धतुरो गर्दै वंश, गोत्र आदिको बाइ-पास हुदै खोजी चरम बिन्दुमा पुग्छ- घरमा बिहे नभएका नन्द कतिओटि छन् र हुनेवाली सासूको हिटलरत्व कतिको चर्चित छ । ठिकै त हो नि। घोच्नु अघि सोच्नुपर्छ । माढेर डल्ला पारे पछि त फेरि ऑटो बनिँदैन क्यारे ।

कुरा यस्तै छन्, जमाना यस्तै छ । धेर के खोजी गर्नु र ?

०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नीर-वाचन

नीर-वाचन

अर्जुन निराैला
लुतेको आत्मकथा

लुतेको आत्मकथा

अर्जुन निराैला
घोच्नुअघि सोच्नुपर्छ

घोच्नुअघि सोच्नुपर्छ

अर्जुन निराैला
आफ्नो दुनो

आफ्नो दुनो

अर्जुन निराैला
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
गाईजात्रे पात्र !

गाईजात्रे पात्र !

फित्काैली डटकम
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x