साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोच्नुअघि सोच्नुपर्छ

हाम्रै हक, हाम्रै शासन । हामी नै रैथाने, हामी नै भूमिपुत्र । हाम्रै बसुन्धरा, हाम्रै म्यादी पट्टा । महाविद्यालय-विश्वविद्यालयमा हाम्रै भाषा राजा ! समस्यै रहँदैन । समस्या नभएपछि समाधानका लागि लडिबडी गरिरहनु पनि पर्दैन !

Nepal Telecom ad

अर्जुन निरौला :

भागवत पुराणका आयोजनाहरू असमतिर यतिबेला जताततै भुटेका मकैका फुलसरह भए भनेर गुनासो र चर्चा गर्नेहरूलाई अलिक नहप्काइ भएन क्या ।
उद्देश्यको गहिराइसम्म नपुगी खोतल्न थाल्नुभयो अनि ? घोच्नुअघि सोच्नुपर्छ नि त ! गोर्खाहरूमा भागवत वाचन, श्रवण, गायन, नाचन, डिजे बजायन अतिमात्रा भयो भन्दै नमिठो मानेर आलोचना गर्नुभयो । तर- जे हुँदैछ ठिकै हुँदैछ, जे हुनेछ ठिकै हुनेछ भन्ने श्वाश्वत कुरो साबित नगरी सकिएन क्या। त्यसैले अब हजुरहरूले अखण्ड मनोयोगसहित निरोलियन तत्त्व श्रवण गर्नुपर्‍यो-

धेरै आन्दोलन गरियो । गोर्खाल्याण्ड गोर्खाल्याण्ड भन्दै धेरै वर्ष घाँटी सुकाइयो, बोली भस्साइयो । धेरैलाई नेता पनि बनाइयो। के पाइयो ? भ्यागुतो । दिएन सरकारले । रैथाने, हक, अधिकार, नागरिकता, आधार, बायोमेट्रिक भन्दै भक्कु नारा लगाइयो, स्मारक कोच्च्याइयो । भ्यागुतो । इश्वरले पो भक्तले चढाएको नैवेद्य हर्षित हुँदै थपक्क ग्रहण गरिहाल्नुहुन्छ त । हाम्रा पापी आँखाले नदेखेर के भो ? यता राजनीतितिर त त्यस्तो हुँदैन बा । तपाईंले चढाएका स्मारक पत्र वर्षौँ अनाथ रहेपछि बल्ल धमिरादेव, साङ्लादेव प्रसन्न हुन्छन् अनि कृपा गरेर भोजन गर्दिन्छन् । परिणाम भ्यागुतो । पाँच वर्ष मुख बायो, हावा मात्रै खायो !

जब सारा गोर्खा जनताले भागवत आयोजना गरेर सबैले एकचित्त भइ भागवत कथा श्रवण गर्छन्, अध्यात्ममा लीन हुन्छन् तब उनीहरूलाई वैकुण्ठमा स्थान प्राप्त हुन्छ । जब सबै गोर्खे वैकुण्ठका निवासी हुन्छन्, त्यहाँ गोर्खाहरूको मेजोरिटी बन्दछ कि बन्दैन ? अनि वैकुण्ठ स्वतः गोर्खाल्याण्ड बन्दछ नि त ! कुरो बुझ्नुपर्छ क्या । भागवत धेर भयो भनेर त्यसै हल्ला गर्न पाइन्न बुझ्नुभो ?

त्यसै कारण गोर्खेले गाउँ गाउँमा, गल्ली गल्लीमा, सके घर घरमै भागवत यज्ञ आयोजना गर्नु उचित छ । त्यसो हुँदा वैकुण्ठमा गोर्खाल्याण्ड त सानो कुरा, पूरै वैकुण्ठ नै गोर्खाहरूको आधिपत्यमा रहने छ । सरकार हाम्रै हुनेछ, फोर्स हाम्रै हुनेछ । सारा समस्या समाधान भएन त ? अनि कोटा, अधिकार, नागरिकता, बायोमेट्रिक, बसुन्धरा यी सबै हल भएनन् त ? बित्थामा मर्तेलोकमा किन लड्डी गरिरहनु ? किन लिँडेढिप्पी गरिरहनु ? किन आन्दोलन गरेर शहीद भइरहनु ? शहीद हुँदा वैकुण्ठ पुगिन्छ पुगिँदैन के ग्यारेन्टी ? शास्त्रमा लेखेको छैन क्यारे !

अब उसो हाम्रा गोर्खे सङ्गठनहरूले पनि निष्फल नारा-आन्दोलनतिर नलागेर, सरकार-हाइकोर्ट-सुप्रिमकोर्टको घित्रो निमोठ्नुतिर नलागेर उपरोक्त विकल्पको चिन्तन गर्न सक्छन् । नारा जुलुस गर्दै व्यर्थको बुर्कुसी नमारिकन बरू बसेर भक्तिपूर्वक थपडी मार्नुनि । जातिको उद्धार पनि हुने, सरकार पनि ढुक्कले निदाउन पाउने। कहिले सुध्रिने हुन् कुन्नि !

यो ब्रह्माण्डमा धरती माता मात्रै छिन् र ? होइन ? धरती मातालाई बाइ-बाइ भन्दै वैकुण्ठमै आधिपत्य जमाएर बसेपछि हामी नै जनता, हामी नै राजा । हाम्रै हक, हाम्रै शासन । हामी नै रैथाने, हामी नै भूमिपुत्र । हाम्रै बसुन्धरा, हाम्रै म्यादी पट्टा । महाविद्यालय-विश्वविद्यालयमा हाम्रै भाषा राजा ! समस्यै रहँदैन । समस्या नभएपछि समाधानका लागि लडिबडी गरिरहनु पनि पर्दैन !

हामीलाई कसले पछार्न सक्छ? पहिल्यै सुतिदिएपछि कसरी पछार्छ होइन ? त्यसैले भनेको, कुरो नबुझी तात्तिनु हुँदैन । तात्तिएर गयो भने आत्तिएर फर्किनुपर्छ ! यत्ति नै ।

०००
आसाम

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
अर्जुन
अर्जुन
2 years ago

फित्कौली परिवारमा आभार…

Nepal Telecom ad
तँलाई केको खोजी ?

तँलाई केको खोजी ?

अर्जुन निराैला
नीर-वाचन

नीर-वाचन

अर्जुन निराैला
लुतेको आत्मकथा

लुतेको आत्मकथा

अर्जुन निराैला
आफ्नो दुनो

आफ्नो दुनो

अर्जुन निराैला
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x