साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काकाकुल

भ्यागुताको पूजा पनि नगरेको हैन गर्मी मात्रै बढेको छ पानी पर्‍या छैन । काकाकुल भए वरै ! जीवजन्तू सारा डामाडोल भयो प्रभु लौ न पानी पार ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

तातो घाम तातो हावा तातै भयो पानी
पसिनाले नुहाउने परिसक्यो बानी ।

खोलानाला सुकिसके मूल ठन्डाराम
हाहाकार जताततै छैन जाने ठाम ।

रित्ता गाग्री ग्यालेनका ताँती लगाएर
पानी कुरी बस्नु पर्छ माखा धपाएर ।

आफ्नो ज्यान आफैलाई थाल्यो गनाउन
जुम्राले नि थालिसके डेरा जमाउन ।

पानीबिना कसो गरी रोप्ने होला धान
कृषि विज्ञ भन्नेहरू तिमी आफै जान ।

गमलामा धान रोप्ने ठूलाबडा जन
कति मुरी फलाउछौ धान तिमी भन ।

सुनेको छु सहरमा ठूलाबडा नेता
बियरले कुल्ला गरि डुल्छन् यताउता ।

गफ मात्रै ठूला गर्छन् काम फुटी कौडी
कालो धन थुपारेर खेल्छन् खुबै पौडी ।

मनसुन भित्रिदैछ भन्ने हल्ला थियो
देखिएन यता कतै कतातिर गयो ।

भ्यागुताको पूजा पनि नगरेको हैन
गर्मी मात्रै बढेको छ पानी पर्‍या छैन ।

काकाकुल भए वरै ! जीवजन्तू सारा
डामाडोल भयो प्रभु लौ न पानी पार ।

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x