साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री

मन्त्रीको पद हो म लिन्छु सुविधा यो देश लुट्दै गरौँ भ्रष्टाचार म रोक्छु भन्छ जसले भन्दैछ आन्द्रा भरौँ कालो दानव झै भएर उसले हत्या बलात्कारमा देखायो र बहादुरी भुवनमा फैलन्छ चित्कारमा ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

मन्त्री बन्न म सक्छु आज बुझ यो भेटेर हाम्राहरू
हाम्राको पहिचान खोज्न कसरी लाग्ने बुझेरै बरु
दुर्गन्धी छ भने नुहाउन भनौँ अत्तर् छरी देहमा
मन्त्री बन्न हतारले छटपटी बन्दै छ त्यो भेलमा ।

राम्राका दिलमा हिलो छ जहिले सेतो सफा भो पर
खोज्दै आउँछ फोहरी मनपरी रछ्यान भित्रै घर
नेता बन्न सकेन ऊ नजरमा मन्त्री भयो के गरी
मोल्यो पाउँ र हात जी हजुरमा आँखा रसायो भरी ।

मन्त्रीको गुणगानमा समयले नेटो कटायो उसै
आफैँ मात्र हुँ भन्छ दोष अरुमा बिग्रन्छ आफैँ त्यसै
को विद्धान र मुर्ख चिन्छ कसले बुझ्‌दैन त्यो बुद्धिले
एक्लै थ्यो पहिले न साथ अरुको मन्त्री भयो कुण्डले ।

कालो काग सरी थियो बचनमा थिति विनाको घुसे
मन्त्री भो पछि हेर देश भरिको मान्छे छ हेर्दा मुसे
चुसेथ्यो पसिना र रक्त कण नै छाला र हड्डी पनि
आफ्‌नै कर्म थिएन शुद्ध उसको भन्दैछ आफैँ अनि ।

मन्त्री हो सरकारको वरिपरी घुम्दैछ कुर्सी सँगै
लुट्यो देश अझै छ राग उसमा बस्यो घरैमा नगै
हाम्रो भन्न सिकाउने लवजले राम्रो गयो घानमा
सेतो स्वच्छ सफा भयो परपरै कालो छ यो ध्यानमा ।

मन्त्रीको पद हो म लिन्छु सुविधा यो देश लुट्दै गरौँ
भ्रष्टाचार म रोक्छु भन्छ जसले भन्दैछ आन्द्रा भरौँ
कालो दानव झै भएर उसले हत्या बलात्कारमा
देखायो र बहादुरी भुवनमा फैलन्छ चित्कारमा ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x