बिन्दु दहाल ‘मूकदर्शक’ठोक्दछौँ व्यर्थ ताली
न पाइन्छ सिद्धान्तको ख्याल राख्ने भयौँ व्यर्थ कुर्सीहरू मात्र ताक्ने मलाई सबै थोक होस् आज भन्छौँ कसैका खुसी खोस्नमै दैत्य हुन्छौँ ।

बिन्दु दहाल मूकदर्शक :
कहाँबाट प्रारम्भ हुन्छन् तमासा ?
कहाँ अन्त्य हुन्छन् सबैका पिपासा ?
जतै देख्छु सम्पत्तिको मोह जाल
यसैले भयौँ आज हामी हवाल।
वृथाका घमण्डी र वाचाल हुन्छौँ
त्यसै अर्थ कोही सधैँ घुक्क रुन्छौँ
जलाई धरा यो भयौँ राष्ट्रवादी
यहीँ जन्मियौँ फेरि सैतान नाजी ।
कुराले सधैँ शैलका माथ चुम्छन्
कटेराहरूमा कहाँ दृष्टि हुन्छन्
कसैका यहीँ छन् हवेली हजारौँ
सुदामाहरू भन्दछन् भोक टारौँ ।
कतै छौँ अझै देशमा घात गर्ने
कतै छौँ दिवामै निशा रात पार्ने
भयौँ वुद्धिमानी तृषाजाल फाली
न बुझ्छौँ कुरा ठोक्दछौँ व्यर्थ ताली ।
न पाइन्छ सिद्धान्तको ख्याल राख्ने
भयौँ व्यर्थ कुर्सीहरू मात्र ताक्ने
मलाई सबै थोक होस् आज भन्छौँ
कसैका खुसी खोस्नमै दैत्य हुन्छौँ ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































