साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाेका खुले ह्वाङ्ग

गधा थाले पौडी खेल्न माछा भारी बोक्न घाँस खाने बाघ जन्मे गाई हाड टोक्न अचम्मकै समाचार बिजुलीको तार टाङ्दै छन् रे ! गुडाउन मन्त्रीजीका कार 

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

चौथाइको मान गर्छन् मानो पोखाएर
गोरुलाई पोसेका छन् गाई जोताएर
मरेजस्तो बुद्धिजीवी लाग्छ अन्धकार
भ्यागुतोले हात्ती बोक्यो लौन सरकार

जान्या छैन क्षमताको तर्कसाथ खेल्न
उहीँचाहिँ अगाडि छ हात्तीलाई ठेल्न
भुसुनाले चल्ला टिपे चील परे दङ्ग
मुसा पस्न दर्बारका ढोका खुले ह्वाङ्ग

सय किलो सुनभन्दा दश किलो तामा
चारगुना महङ्गो भो भन्न थाले मामा
भोटबाट आउने नुन मधेसबाट आयो
भन्न थाले क्रियापुत्री आई आधा खायो

बिसौलीका कराईमा पाथी पाक्न थाले
खड्कौलामा मानु हाल्दा झुसी भई फाले
यस्तै यस्तै हिजोआज सुन्छु समाचार
के पो भयो मेरो कान भन्न सरकार

गधा थाले पौडी खेल्न माछा भारी बोक्न
घाँस खाने बाघ जन्मे गाई हाड टोक्न
अचम्मकै समाचार बिजुलीको तार
टाङ्दै छन् रे ! गुडाउन मन्त्रीजीका कार

कमिला र बाघको छ होड बारबार
के हो अर्थ फुकाइदेन मेरो सरकार
छेपाराको कहाँ छ र धौले दरबार
यति कुरा बुझ्न सक्छ मेरो सरकार ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x