साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिजीवी (१)

पार्टी बिगार्ने पनि बुद्धिजीवी खोज्ने प्रतिष्ठा पद बुद्धिजीवी छन् बाँडिएका किन बुद्धिजीवी ? छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

पार्टीहरूको पछि लाग्न थाल्छौँ
नारा तमासा द्विविधा उँगेल्छौँ
थाक्छौँ न कैल्यै सुखस्वार्थ भोगी
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।१

सर्वोच्च सेवा सुविधा मलाई
देख्छौँ यसैमा जनको भलाइ
हौँ आज हामी अविदग्ध जोगी
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।२

नेतामुखी छौँ नव दास बन्छौँ
बोकेर पाती जय मात्र भन्छौँ
हामी भयौँ दुर्जन जीर्ण रोगी
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।३

बेच्छौँ सबै बुद्धि विवेकसम्म
कोही हुँदैनौँ यसमा अचम्म
नेता बिगार्ने कृत नीच रोजी
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।४

नि:स्वार्थ लेख्ने बलबुद्धि त्याग्छौँ
चिम्लेर आँखा पद मात्र माग्छौँ
कर्तव्य हाम्रो यति तुच्छ हो कि
छौँ बुद्धिजीवी किन धूर्त ढोँगी ।५

छौँ बाँडिएका सब झुन्डझुन्ड
छन् तर्क नाना किन मुण्डमुण्ड
मुर्दा भयौँ धड्कन व्यर्थ रोकी
छौँ बुद्धिजीवी किन धूर्त ढोँगी ।६

झोला भिरी कुद्न सिपालु हामी
पापी र जाली किन छौँ हरामी
सिद्धान्त हाम्रो यति तुच्छ हो कि
छौँ बुद्धिजीवी किन धूर्त ढोँगी ।७

माटो दुखाई अनि स्वार्थ लुट्छौँ
पाजी कुराले मनमात्र भुट्छौं
नेता बिगार्ने शुभ कर्म हो कि
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।८

ताली बजाई पशु तुल्य हुन्छौँ
अस्तित्व बेचेर पुराण सुन्छौँ
विद्वान् हरू नै मतिभ्रष्ट छौँ कि
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।९

पार्टी बिगार्ने पनि बुद्धिजीवी
खोज्ने प्रतिष्ठा पद बुद्धिजीवी
छन् बाँडिएका किन बुद्धिजीवी ?
छौँ बुद्धिजीवी सब धूर्त ढोँगी ।१०

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x