साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई लघुव्यङ्ग्य रचना

साँझ छाेराे पनि गाडीमा आयाे तर काेठामा पस्दा के देखियाे भने अनंगजी मज्जाले कविता सुनाइरहेका छन् र छेवैमा उनका मित्र मरेर ढलेका छन् ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. दवाई (दवा)

कवि “अनंग” जीकाे अन्तिम क्षण आइसकेकाे थियाे ।

डाक्टरहरूले बढीमा एक घण्टाका पाहुना हुन् भनेर भनिसकेका थिए । अनंगजीकी पत्नीले साँझसम्म छाेराे आइपुग्ने हुँदा कुनै यस्ताे औषधि दिएर भए पनि उनी पाँचछ घण्टा जीवित राखिदिन अनुराेध गरिन् जसबाट पितापुत्रकाे भेट हुन सकाेस् ।

डाक्टरहरूले कुनै पनि औषधिले उहाँलाई एक घण्टाभन्दा बढी बचाएर राख्न नसक्ने लाचारी प्रकट गरे ।

त्यसै वेला अनंगजीका मित्र आए । उनले भने, “म यिनलाई कैयौं घण्टासम्म मज्जाले जीवित राख्न सक्छु ।”

डाक्टरहरूले हाँसेर भने, “याे असम्भव छ ।”
मित्रले भने, ” जे हाेस्, मलाई काेसिस त गर्न दिनुस् र तपाईंहरू सबै बाहिर जानुस् ।”

सबै बाहिर गए । मित्रले अनंगजीकाे छेउमा बसेर भने, “अनंगजी, अब त तपाईं सधैंका लागि जाँदै हुनुहुन्छ । तपाईंको याे सुरिलाे गला अब कहाँ सुन्न पाइएला र ? जाँदै नै हुनुहुन्छ भने केही त सुनाएर जानुस् ।”

याे सुन्नासाथ अनंगजी उठेर बसे र भने, “मन त छैन तर यहाँको अनुराेधलाई लत्याउन पनि सक्दिनँ । ऊ त्याे दराजबाट मेराे कपी झिकेर ल्याइदिनुस् त !”

मित्रले कपी ल्याएर हातमा दिए अनि अनंगजीले कवितापाठ गर्न थाले । घण्टापछि घण्टा हुँदै कैयौं घण्टा बित्दै गए । साँझ छाेराे पनि गाडीमा आयाे तर काेठामा पस्दा के देखियाे भने अनंगजी मज्जाले कविता सुनाइरहेका छन् र छेवैमा उनका मित्र मरेर ढलेका छन् ।

२. हुने लक्षण (हाेनहार)

एउटी महिलाले आफ्नाे छाेरालाई एउटा ज्याेतिषीकहाँ लगेर भनिन्, “पण्डितजी, यस केटाकाे भविष्य भनिदिनुस् न ! पछि गएर याे के बन्ला ?”

ज्याेतिषीले भने, “आमा, यसका केही लक्षण भन्नुस् त ! तपाईंले यसमा कुनै विशेष कुराे पाउनुभएकाे छ ?”

महिलाले भनिन् ,”याे रातिमा एक्कासि चिच्याउँदै भन्छ, “जाग ! जाग ! अघि बढ ! अघि बढ !”

ज्याेतिषीले साेधे, “ए, अनि जतिवेला याे कराइरहेकाे हुन्छ त्यति वेला यसले केही गरिरहेकाे हुन्छ कि नाइँ ?”

महिलाले भनिन्, ” याे त ढुङ्गाे बनेर सुतिरहेकाे हुन्छ र निँदमा कराउँछ ।”

ज्याेतिषीले अलिकति गमेर भने, “आमा, तपाईंको छाेराकाे भविष्य उज्ज्वल छ ।”

“के बन्छ पण्डितजी याे !”

“याे कुनै प्रजातन्त्रको नेता बन्नेछ ।”

०००
परसाईंकाे “परसाई रचनावली भाग २” अन्तर्गत “लघु कथाएँ” खण्डबाट अनुवाद गरिएकाे हाे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x