चन्द्रप्रसाद न्याैपानेदेशीविदेशी
लङ्के काेही रुसतिर कुनै अम्रिकासाथ शङ्के दङ्गे काेही सडक घरमा इन्डियासाथ भन्के मेची भेरी सब सुकिसके एक्लियाे दुग्धकाेसी आराेपीकै रजगज अहाे ! छद्म देशीविदेशी ।
चन्द्रप्रसाद न्याैपाने :
आँडे पाँडे वरिपरि सबै एन्जियाेका फियाे हाे
खेलाडीले टुच-टुच दिने खेल डन्डीबियाे हाे
केकाे फुर्ती मठतिर हुने मूर्ति भै बाेलुँला मै
माटामै छाै तर पनि उडी चन्द्रमा छाेउँला झैँ
छेपारे हाे रङ बदलिने प्रातमा गर्छु गर्छु
बन्दैनन् रे घर पनि कतै रातमा मर्छु मर्छु
चेपारे हाे अगिअगि ठिकै धस्न आँखा छलेर
बाेकी हिँड्ने पछिपछि छुरी ढाेड जस्तै बलेर
जुम्राे देख्ने उसतिर भए आफ्नु देख्दैन भैँसी
दाँज्ने उस्तै सम-सम अरे ! बन्चराेसाथ कैँची
टाटेपाटे अलिक खपटे फ्याउरे प्याउरेका
सत्ता भत्ता निकट छ सधैँ चाउरे न्याउरेका
खाते भाते जुलुस सडके लाइपाते र जाते
माले झाले हुतुतु फगटे हेर ट्यापे र राते
सत्तामै छन् चिँचिँ-चिँचिँ मुसी न्याउरी फ्याउरी रे !
हातै छैनन् अब म नढुकूँ दिन्छ के बाहुलीले ?
लङ्के काेही रुसतिर कुनै अम्रिकासाथ शङ्के
दङ्गे काेही सडक घरमा इन्डियासाथ भन्के
मेची भेरी सब सुकिसके एक्लियाे दुग्धकाेसी
आराेपीकै रजगज अहाे ! छद्म देशीविदेशी ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































