साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अध्यछ्य चाइयो

यता सारै चोट्टे परिसक्यो चुनाब आयोगले घोषणा गरिसक्याे तपाईँलाई फुर्सुद छ? आजीवन खान पाउने अध्यक्षको दरकार पर्या छ के तपाईँले दसबिस क्विन्टल सुन तस्करी गर्या छ ?

Nepal Telecom ad

हाेम सुवेदी :

एउटा पार्टी तुरुन्तै खाेल्नु पर्या छ
आफू ता संयोजक भै गएँ
अध्यक्षको दरकार पर्या छ

के तपाईँले दसबिस क्विन्टल सुन
तस्करी गर्या छ ?
मान्छे बेचिखाएकाले पनि
उति भेउ पाएनन्
बेपारी न हुन्
खासै मेलो ल्याएनन्
नागरिकताका व्यापारीले पनि
जनतालाई उति लट्याएनन्
खासै च्याएनन्
यसैले मेरो पाटीमा
आजीवन खान पाउने
अध्यक्षको दरकार पर्या छ
के तपाईँले दसबिस क्विन्टल सुन
तस्करी गर्या छ ?

थाेरै तस्करी गर्ने ता जत्ति भेटिए
त्यस्ताहरु ता दर्जनौ थिए
उपदेशै उपदेश दिए
चियाका नाममा हाेलिवाइन पिए
सानातिना भ्रष्टकाे काम छैन
ठुला भ्रष्टका उरुङले छेकिए
के ताईँले जनताका छाेराछाेरी हर्या छ
बैँक लुटेकाे सम्पतिमा रजाइँ गर्या छ
हो भने हो भन्नुहोस्
आजीवन खान पाउने
अध्यक्षको दरकार पर्या छ
के तपाईँले दसबिस क्विन्टल सुन
तस्करी गर्या छ ?

अलि आशा लाग्दाे थियो हमरा
बलात्कारको केसमा जेल पर्या छ
काम नलाग्ने रछ यो गुर्दा
लुटेको पैसा जताततै छर्‍या छ
काेल्टे पारेर पाथी भर्‍या छ
तै सम्धी र ज्वाईँबाट हाेला भनेक‍ो
तिनीहरूबाट पनि आशै मर्‍या छ
के तपाईँलाई फुर्सुद छ ?
आजीवन खान पाउने
अध्यक्षको दरकार पर्या छ
के तपाईँले दसबिस क्विन्टल सुन
तस्करी गर्या छ ?

नागरिकता बेच्ने जति पाइयो
घुस साेहाेर्नेतिर पनि फर्माइयो
जेलभगुवालाई बिन्ती लाइयो
सहकारी झ्वाम्मलाई सुनाइयाे
अध्यक्ष चाहियो भनेर
बलात्कारीसँग पनि कुरा पुर्‍याइयो
कसैले मेलो ल्याएनन्
तानाशाह हुने छनक पनि दिलाएनन्
अन्तिममा सुनतस्कर नै योग्य मानियो
यो विषय नै मुख्य ठानियो
आउनुहाेस् याेग्यताकाे कदर गरिनेछ
तपाईँकाे नाम दरिनेछ
यता सारै चोट्टे परिसक्यो
चुनाब आयोगले घोषणा गरिसक्याे
तपाईँलाई फुर्सुद छ?
आजीवन खान पाउने
अध्यक्षको दरकार पर्या छ
के तपाईँले दसबिस क्विन्टल सुन
तस्करी गर्या छ ?

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x