साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्ति भयो

मानिसहरू निष्क्रिय भए । सबै पहिलेजस्तै चलिरह्यो । राजा उही, मन्त्री उही, कर्मचारीतन्त्र उही । उही अन्याय, उही शोषण, तर मानिसहरू शान्त ! उनीहरूले पनि स्वीकार गरे कि क्रान्ति सम्पन्न भयो ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

कुनै समयमा कुनै देशमा चारैतिर क्रान्तिको आह्वान गुन्जिन थाल्यो ।

अन्यायपीडित, शोषित वर्गका अधिकारीहरूको माग एकदम तीव्र भयो ।

सर्वत्र एउटै माग गुन्जिरहेको थियो – ‘क्रान्ति ! क्रान्ति ! क्रान्ति !’

कारखानाका श्रमिकहरू अवकाशको समयमा फोहर कपडामा बाँधेका सुक्खा रोटीहरू झिकेर तिनलाई पानीको सहायताले घाँटीमुनि घचेट्दै एउटै कुरा गर्थे – ‘अब क्रान्ति हुनैपर्छ ।’

शिक्षक पढाइरहेको समयमा अनि किसानले हलो जोतिरहँदा क्रान्तिकै कुरा सोच्थे ।

होटलमा, बजारमा, बसहरूमा, रेलहरूमा, चौबाटामा अनि चौताराहरूमा एउटै आवाज उठ्थ्यो –‘क्रान्ति चाहियो ! क्रान्ति चाहियो !’

कविहरूले आफ्ना गीतहरूमा क्रान्तिको आह्वान गर्थे ।

लेखक युवाहरूको तातो रगतको कसम खुवाएर क्रान्तिका लागि जोस्याउँथे ।

एउटै आवाज थियो जसले धर्तीबाट उठेर आकाशलाई छिचोलिरहेको थियो – ‘क्रान्ति ! क्रान्ति ! क्रान्ति !’

राज्यसत्ता क्रान्तिको यस आह्वानबाट डरायो । राजाको मुुटु काँप्यो । मन्त्रीहरू हत्पताए । कर्मचारीतन्त्र अल्मलियो । सत्ता, वैभव, ऐश्वर्य यी सबै कुरा उनीहरूका हातबाट फुत्किरहेको देखियो ।

राजाले मन्त्रीहरूलाई बोलाएर उनीहरूसित सल्लाह गरे । उनीहरूले एउटा उपाय निकाले ।

तीन दिनपछि देशका थुप्रै अखबारहरूका पहिलो पृष्ठमा ठुल्ठुला अक्षरहरूमा एउटा ठुला व्यापारीको यस्तो वक्तव्य छापियो – ‘क्रान्ति हुनैपर्छ । मानिसले मानिसको अधिकार पाउनैपर्छ । राज्यसत्तालाई उल्टाउनैपर्छ । जनताको वास्तविक सरकार बन्नुपर्छ ।’

त्यस राज्यमा ठुलाठुला व्यापारीहरूका चिल्ला पन्ना भएका र राम्रा आवरण भएका अनेक राम्रा देखिने अखबारहरू निस्किन्थे । सबैले उसको भनाइलाई प्रमुखताका साथ छापे । त्यो ठुलो व्यापारी थियो । उसलाई सबैले चिन्थे । उसको नाम पनि सबैले सुनेका थिए । मानिसहरूले भने –‘कस्तो निर्भीक रहेछ !’

बस, ऊ बिहान व्यापारी थियो, साँझ नेता भयो ।
यता अनेक देशभक्त, क्रान्तिवीर तथा किसान तथा मजदुरहरूमा क्रान्तिको तयारी चल्दै थियो ।

केही दिनपछि त्यस व्यापारीले भएभरिका व्यापारीहरूलाई समेटेर ‘क्रान्तिकारी दल’को स्थापना पनि गर्‍यो ।

अनि एक दिन देशका सबैजसो अखबारहरूमा त्यस व्यापारीका विभिन्न तस्वीरहरूका साथमा छापियो – ‘क्रान्ति भयो ! राज्यसत्ता उल्टियो ! राजालाई गद्दीबाट ओरालियो ! क्रान्तिकारी दलले सरकारलाई किन्यो । अब जनताका वास्तविक प्रतिनिधि क्रान्तिकारी दलको राज्य हुनेछ ।’

अखबारहरूमा छापिएपछि यो कुरो चारैतिर फैलियो – ‘क्रान्ति भयो ! क्रान्ति भयो !’

अनि मानिसहरूले विचार गरे – अब गर्नुपर्ने नै के पो रह्यो र ? क्रान्ति भयो ।’ अनि सबैतिर मसानघाटको जस्तो मुर्दा शान्ति छायो । मानिसहरू निष्क्रिय भए । सबै पहिलेजस्तै चलिरह्यो । राजा उही, मन्त्री उही, कर्मचारीतन्त्र उही । उही अन्याय, उही शोषण, तर मानिसहरू शान्त ! उनीहरूले पनि स्वीकार गरे कि क्रान्ति सम्पन्न भयो ।

अनि यता क्रान्ति गर्ने वीरहरूले विचार गर्न थाले – ‘गर्दै नगरी यो क्रान्ति कसरी भयो ?’

०००
परसाईको ‘परसाई रचनावली’– २ को लघुकथाएँ खण्डको ‘क्रान्ति हो गयी’ शीर्षकबाट अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
उज्यालो

उज्यालो

नन्दलाल आचार्य
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x