साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तानाशाहहरू !!

विश्वासमा आगो लगाएर स्वतन्त्रतामा जञ्जीर जेलेर तानाशाहहरू! निरन्तर निरङ्कुश बाँच्छन् खोरका बङ्गुरझैँ जङ्गलका मत्ताझैँ टप्पुका अर्नाझैँ !!

Nepal Telecom ad

कलानिधि दाहाल :

तानाशाहहरू !
मेसिनले
सडक चिल्याउँछन् सडकमा
तानाशाहहरू !
नियमले
अक्षर फिजाउँछन् पानाहरूमा
मन चिल्लिदैन सडकसँग
आवाज छेकिन्नन् नियमसँग
तानाशाहहरू !
ठान्छन् माटो विकास हो
ढुङ्गो विकास हो
असङ्ख्य मृत्युको खात
विकासको शिखर हो
मेरो विलास
जनविकासको चरम!
आवाज दलेर बारुदमा
विद्रोह घोटेर बुल्डोजरले
आर्यघाटको शान्ति
तानाशाहको
पाहुनाघर हो
तानाशाहको आलिसान महल
नारा फलाकेर
सफा सडकका
नारा उचालेर
अग्ला महलका
जुलुस निकालेर
आमनिर्वाचन वाचनका
तानाशाहहरू!
उनान्सय मतप्रतिसतको
पहाड निर्वाचित हुन्छन्
र खेल सुरु हुन्छ आकाशमा
रखेल झुम्मिन्छन्
महलभित्र चोटाकोटा
खाली रहन्नन्
सौन्दर्य विलालसका धरोहर
तानाशाहहरू !
नैतिकताका गोली उचाल्छन्
जनचक्षुमा छारो हाल्न
नैतिक प्रपञ्च फिजाउँछन्
अपराधको दुर्गन्ध
फोहोरी खाल्डो छोप्न
ध्वनिप्रदूषणका
चिप्ला गाडीमा
काला सिसा जडान गरेर
तानाशाहहरू!
सडक ओर्लन्छन्
निकै असहज महसुस गरेर
कारण लिफ्टहरू
सहज छन् ओहोरदोहोर गर्न
चोटाकोठा
महफिलमय छन्
तानाशाहहरू!
पाइला हिँड्दैनन् पुरुषका त्यता
प्रकृति जनपत्नीहरू
प्रकृति दीनपुत्रीहरू
प्रकृति सुरसुन्दरीहरू
पाइलामा दिन्छन् हात
र हातमा नरम वक्षस्थलहरू
यसैले त
तानाशाहहरू!
कहिल्यै
कतै
कसैगरी चाहन्नन्
सत्ताच्युत हुन
चाहे रुमानियाँ
चाउचेस्कु होस्
चाहे जर्मन हिट्लर
चाहे वर्तमानको
पेरिस तालु होस्
चाहे उत्तरकोरियाली
एकल बङ्गुरविलास
चाहे सगरमाथाको
शिर चुहुने
माओ मन होस्
चाहे जेन्जीले
देखाएको निर्वाचित
प्रत्यक्ष राष्ट्रप्रमुखको रूप
तानाशाहहरू!
यसरी नै जन्मिन्छन्
आवाज निमोठ्न
पेट्रियोटले
गति बल्न बारुदले
गन्तव्य खण्डहर बन्न
अत्याधुनिक मिसायल
वर्षणले
विश्वासमा आगो लगाएर
स्वतन्त्रतामा जञ्जीर जेलेर
तानाशाहहरू !
निरन्तर
निरङ्कुश बाँच्छन्
खोरका बङ्गुरझैँ
जङ्गलका मत्ताझैँ
टप्पुका अर्नाझैँ !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
मनप्रसाद सुब्बा
मनप्रसाद सुब्बा
14 days ago

निकै प्रखर अभिव्यक्ति।

Nepal Telecom ad
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
बुढा गिध्दहरू ?

बुढा गिध्दहरू ?

कलानिधि दाहाल
दशैँ दशा गरिबको !!

दशैँ दशा गरिबको !!

कलानिधि दाहाल
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
बक्ताे कुतर्क खालि

बक्ताे कुतर्क खालि

पुरूषाेत्तम सिग्देल
1
0
Would love your thoughts, please comment.x
()
x