साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रम हरायो !

गज्जबका हामीहरु अब सबै हराइयो भन्ने अनमोल चिन्ता थियो अफसोच, रात रहेपछि अग्राख मात्र होइन रहेछ हराएका सबै जिनिस झ्याप्पै पलाए ॥ मात्र अब त केही होला कि भन्ने हाम्रो साझा भ्रम हरायो ।

Nepal Telecom ad

गायत्री परिराेशनी

चिया, सिया अनि रिया पसलमा
मस्तले कुरा काट्ने
अमूल्य काम हरायो ।

महामहिमहरुलाई
चाकरी र चाप्लुसी गर्दै
सिद्धान्तको धारा खोलेर
मानसम्मानको पगरी थाप्ने
जे माग्यो त्यही पाइने
बलियो झोला थियो
त्यो समेत, गणितको २३ र २४
पछि मस्तले हरायो ॥

राम्रा काम जति सबै
मैले र मेरो दलले गरेको
नराम्रो जति सबै तैँले अनि
तेरो सरकारले गरेको ।
आजिवन पेन्सन पाइने
मालदार काम थियो
अँग्रेजी अल्फावेटको
डेन्जर जी आएपछि
जदूको छडी जस्तै हरायो ॥

परिश्रम गर्नेको खुट्टा तान्ने
इमान्दारहरुलाई लात्ताले हान्ने
बाहै्र मास केही नगर्ने ।
भाषणको डम्फु बजाउने
कसैले खोस्न नसक्ने काम
अनायासमा झ्याप्पै हरायो ॥

एक नम्बरी काम देख्नै नसक्ने
दुई नम्बरी काम गरेर
कहिल्यै नथाक्ने ।
गज्जबका हामीहरु
अब सबै हराइयो भन्ने
अनमोल चिन्ता थियो
अफसोच,
रात रहेपछि अग्राख मात्र होइन रहेछ
हराएका सबै जिनिस झ्याप्पै पलाए ॥
मात्र अब त केही होला कि भन्ने
हाम्रो साझा भ्रम हरायो ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ज्वाइँराजाहरूको नाममा !

ज्वाइँराजाहरूको नाममा !

गायत्री परिरोशनी
बडादशैँको शुभकामना !

बडादशैँको शुभकामना !

गायत्री परिरोशनी
ब्राण्डेड- मान्छे !

ब्राण्डेड- मान्छे !

गायत्री परिरोशनी
नैतिकता बासेको सूचना !

नैतिकता बासेको सूचना !

गायत्री परिरोशनी
विकास VS जात्रा

विकास VS जात्रा

गायत्री परिरोशनी
डियर माईजात्रा !

डियर माईजात्रा !

गायत्री परिरोशनी
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
बक्ताे कुतर्क खालि

बक्ताे कुतर्क खालि

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x