साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिकता बासेको सूचना !

देश जलाउनलाई आर्यघाट लान खोज्नेहरुकै अहिले समेत हाटबजार चर्किएको छ । दलधारी मूरकट्टाहरु अझै अमूल्य बन्न खोज्दैछन् यहाँ । मस्तले असोजे झरी परेर के गर्नु ? नैतिकताको खडेरी परेको छ ॥

Nepal Telecom ad

गायत्री  परिराेशनी :

आहा गज्जब छ,
हामी फेरि उठ्नेछौँ
हामी फेरि कुट्नेछौँ,
हामी फेरि लुट्नेछौँ
हामी फेरि छुट्नेछौँ
हामी फेरि खरानीलाई भुट्नेछौँ ।

नैतिकता बासेपछि,
सबैलाई, भद्र होइन अभद्र
राम्रो होइन नराम्रो
संस्कृति होइन विकृति
सभ्यता होइन नग्नता
बनाउन होइन,
भत्काउन र जलाउन
यसैमा सबैलाई
मस्तसँग रमाउन मनपर्छ ।

त्यसैले त हो नि,
वा गज्जब,
भ्रष्टाचारले भकारी भर्न
अझै बाँकी छ
कूर्चि मोह भत्किएको छैन
पाँच सात पटक
नाथे माननीय हुँदैमा
कति बनाउनु देश ?
माटो जलाएर खरानी
बनाउन बाँकी नै छ ।

त्यसैले, हाम्रा प्यारा
बा, दाजु, भाउजुहरुको
देश बनाउने रहर पुगेकै छैन
यस्सो एकै दिनमा हजारौँ गोली
अरुका सन्तानलाई बर्साएको हो
आफ्‌नालाई नहानेपछि,
जनमतको कदर घटेकै छैन ।

हामी भन्दैछौँ,
फल्नो देशभरिको बा नै हो,
सर्लक्क झ्याप्पै चुनाब गराएर
जस्ताको तस्तै,
पुराना जति सबैलाई निस्तै
ल्याउने हो,
अब अलिकति बाँकी रहेको विकासलाई
निकास नै गर्ने हो,
पीर पटक्कै नमानौँ महोदय
हाम्रा सात पुस्ता छोडेर
अरु सक्ने जति मार्ने हो ।

हो साँच्ची यतिबेला
जताततै नैतिकता बासेको छ ।
देश खरानी बनेर उडिरहँदा
डढाउनेहरुको मन मस्तले
हाँसिरहेको छ,
थुइक्क हामी स्वाभीमानी नेपाली
देश जलाउनलाई आर्यघाट
लान खोज्नेहरुकै अहिले समेत
हाटबजार चर्किएको छ ।
दलधारी मूरकट्टाहरु अझै
अमूल्य बन्न खोज्दैछन् यहाँ ।
मस्तले असोजे झरी परेर के गर्नु ?
नैतिकताको खडेरी परेको छ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x