साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिकता बासेको सूचना !

देश जलाउनलाई आर्यघाट लान खोज्नेहरुकै अहिले समेत हाटबजार चर्किएको छ । दलधारी मूरकट्टाहरु अझै अमूल्य बन्न खोज्दैछन् यहाँ । मस्तले असोजे झरी परेर के गर्नु ? नैतिकताको खडेरी परेको छ ॥

Nepal Telecom ad

गायत्री  परिराेशनी :

आहा गज्जब छ,
हामी फेरि उठ्नेछौँ
हामी फेरि कुट्नेछौँ,
हामी फेरि लुट्नेछौँ
हामी फेरि छुट्नेछौँ
हामी फेरि खरानीलाई भुट्नेछौँ ।

नैतिकता बासेपछि,
सबैलाई, भद्र होइन अभद्र
राम्रो होइन नराम्रो
संस्कृति होइन विकृति
सभ्यता होइन नग्नता
बनाउन होइन,
भत्काउन र जलाउन
यसैमा सबैलाई
मस्तसँग रमाउन मनपर्छ ।

त्यसैले त हो नि,
वा गज्जब,
भ्रष्टाचारले भकारी भर्न
अझै बाँकी छ
कूर्चि मोह भत्किएको छैन
पाँच सात पटक
नाथे माननीय हुँदैमा
कति बनाउनु देश ?
माटो जलाएर खरानी
बनाउन बाँकी नै छ ।

त्यसैले, हाम्रा प्यारा
बा, दाजु, भाउजुहरुको
देश बनाउने रहर पुगेकै छैन
यस्सो एकै दिनमा हजारौँ गोली
अरुका सन्तानलाई बर्साएको हो
आफ्‌नालाई नहानेपछि,
जनमतको कदर घटेकै छैन ।

हामी भन्दैछौँ,
फल्नो देशभरिको बा नै हो,
सर्लक्क झ्याप्पै चुनाब गराएर
जस्ताको तस्तै,
पुराना जति सबैलाई निस्तै
ल्याउने हो,
अब अलिकति बाँकी रहेको विकासलाई
निकास नै गर्ने हो,
पीर पटक्कै नमानौँ महोदय
हाम्रा सात पुस्ता छोडेर
अरु सक्ने जति मार्ने हो ।

हो साँच्ची यतिबेला
जताततै नैतिकता बासेको छ ।
देश खरानी बनेर उडिरहँदा
डढाउनेहरुको मन मस्तले
हाँसिरहेको छ,
थुइक्क हामी स्वाभीमानी नेपाली
देश जलाउनलाई आर्यघाट
लान खोज्नेहरुकै अहिले समेत
हाटबजार चर्किएको छ ।
दलधारी मूरकट्टाहरु अझै
अमूल्य बन्न खोज्दैछन् यहाँ ।
मस्तले असोजे झरी परेर के गर्नु ?
नैतिकताको खडेरी परेको छ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जुटफुटको मज्जा !

जुटफुटको मज्जा !

गायत्री परिरोशनी
ज्वाइँराजाहरूको नाममा !

ज्वाइँराजाहरूको नाममा !

गायत्री परिरोशनी
भ्रम हरायो !

भ्रम हरायो !

गायत्री परिरोशनी
बडादशैँको शुभकामना !

बडादशैँको शुभकामना !

गायत्री परिरोशनी
ब्राण्डेड- मान्छे !

ब्राण्डेड- मान्छे !

गायत्री परिरोशनी
विकास VS जात्रा

विकास VS जात्रा

गायत्री परिरोशनी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x