साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डियर माईजात्रा !

अरुका मानसम्मानको आशा गर्नु खतरनाक हुन्छ । वरिस्ट साहित्यकार हुनको लागि चाहिने तातो तातो विशेषतारूमा चाकरी, चाप्लुसी, भनसुन, खानसुन, मानसुन भन्ने माईजात्रामै लागियो है त हजुर ।

Nepal Telecom ad

गायत्री लम्साल

डियर मि माने कर्मचारीः गज्जब हुनुपर्छ, चाहिन्छ अनि त हो सबै थोक पाइन्छ । मस्त छ हजुर पुर्पुरोमा लेखेको कुरो धुनेपखाल्ने पटक्कै नगर्नोस् ल भन्द्याछु नि मैले । हुने कामलाई समेत यो यो कुरो पुगेन भनेर फाइल जति जाम गर्न सक्नुभएन भने तपाइँ/हामी कर्मचारी भए तापनि काम छैन । जति धेरै फाइलरूको जाम, काम लिन आउने सेवाग्राहीको लाम अनि … सबैलाई पाइक पर्ने ठाउँमा मोटा मोटा हात्ती थुपारेका खाम लिन नसक्नेलाई के को सदाचारी र नैतिकवान कर्मचारी भन्नु ? अन्त त परै जाओस् घरकै आफ्नै जोईपोइले त टेर्दैनन् । त्यसैले डियर माईजात्रा कर्मचारी भएपछि आज काम लिन आउनेलाई भोलिको निम्तो दिइहाल्नुहोस् । भए भरका फाइल आफ्नै चापी लगाउने दराजमा थन्काएर चाहिँदै नचाहिने र पाइँदै नपाइने यो यो कुरो पुगेन भनेर हात्ती र गैँडालाई बल्छीमा पार्ने दाऊ झिक्नुहोस् । मन्त्री र मन्त्रीका आसेपासेलाई आइस्यो, गइस्यो भन्दै चाकरी र चाप्लुसीको मर्यादा गर्न सिकेर माईजात्रा देख्न देखाउन नभुलौँ है त ।

डियर मि माने नेतृत्व र नेताचारीः नेता, नेतृत्व, मन्त्री मन्त्राणी, कार्यकर्ता र कार्यकत्री सबै यसैमा परिन्छ । राजनीतिमा अलिकति लाजनीति नमिसाउने हो भने कसरी लोकतन्त्र मोटाउनु बाबै ? इमान्दार भएर मस्तसँग भ्रष्टाचार जस्तो उत्तम आचार र दुनियाँलाई दिवाना बनाउने दुई नम्बरी काम गर्ने डन बन्न सकिएन भने कहाँ चुनाव भन्ने महान् चाडमा विजय हुन पाउनु । फौजदारी अभियोग जस्तो महासम्मानको अभियोग कहिल्यै पनि लागेको छैन भने टिकट नै पाँइदैन अनि नपाएपछि नेतृत्व र नेताचारीमा कहिल्यै आइँदैन । डियर राजनीति निकै उत्कृष्ट नीति हौ आफूलाई कहिल्यै कमजोर, झारपात नसम्झनु । चाकरी र चाप्लुसीमा अब्बल बन्नु । समय अनुसार आफूले थुकेको थुक आफैले चाट्नु । मौका झ्याप्प मिलेको बेला नीति, नैतिकता, सदाचार र अन्य सबै नराम्रा आचरण संग भ्रष्टाचार जस्तो उत्तम आचार साट्नु । आफू र आफ्नालाई बेफाइदा हुने देखेपछि नागरिक जाबोलाई शरणार्थी वा सुकुम्बासी बनाएर फाइदा दिलाउनु महान् धर्म हो भन्ने कुरा कहिल्यै नबिर्सनु । अरुले गाईजात्रा हेरेको बेला समेत हामीले कहिल्यै माईजात्रा हेर्न नभुलौँ ल ।

डियर मि माने निजी क्षेत्र : निजी क्षेत्र मात्र होइन हजुर यो भनेको त समय भन्दा पनि चौबिस घण्टा बढी विजी क्षेत्र हो भन्नु अनि आफू बाहेक अरुलाई मान्छे नै नगन्नु । मस्तसँग नहुने काम गरेर सरकारलाई दोष दिनु अनि फाइदाजति सबै आफूले लिनु । यति गर्न जाँनिदैन भने किन निजी क्षेत्र हुनु ? आफूलाई नाफा हुन्छ भने अरुका वास्ता पटक्कै नगर्नु । सामाजिक दायित्व खै ? भनेर कराए कराउँछन् कराउन दिनु सरकार बोलिरहन्छ निजी क्षेत्रले आफ्नै ट्रयाक खोलिरहन्छ । फाइदा नै फाइदा आउने जोखिम मोलिरहन्छ । जीवन भनेको फाइदा उठाउनलाई हो हजुर घिऊ बेचेर हुन्छ कि जिउ बेचेर फाइदा लिन छोड्नुहुन्न । इज्जत र प्रतिष्ठा बेचेर फाइदा लिन नबिर्सनु । पैसा भएपछि सबै कुरा आउँछ साथी दुनियाँले गाईजात्रा रुचाए रुचाउन हामीले माईजात्रामा समेत कमिसन लिनुपर्छ ।

डियर मि माने भित्रका एनजिओ र बाहिरका आइएनजीओ : हात्ती र हात्ती छाप चप्पल मात्र होइन भित्रका जिओ र बाहिरका जिओ सेम माने उस्तै हौँ । हिजो, आज र भोलि समानान्तर जान सक्नुपर्छ । जे–जे नामका जति बजेट आएपनि गुणात्मक उपलब्धी भनेको तारे होटलमा प्रोग्राम सञ्चालन गरेर भाले ब्रेकफास्ट, लञ्च र डिनर लिन विर्सन हुँदैहुन्न । मिल्ने सम्म यात्राभ्रमण गर्नु, दुई/चार सयका झुम्रा, टाला होइन चलेका ब्राण्डेड कपडाले छालालाई छोप्नुपर्छ । दुध, दही, मोही जति खाएपनि कहिल्यै लाग्दैन साथी हो झ्याप्पै लाउने कुराको चुस्की लिनुपर्छ । कसैले यसो छड्के नजर लगाए भने एक/दुई प्याक उसलाई समेत दिनुपर्छ । भुँइमान्छेरूको आवाज सुन्न हुँदैहुन्न है, उनीरूका समस्या सुनियो भने, बुझियो भने हाम्रा बजेटका मुहानमा खडेरी लाग्छ , किरा पर्छ र संस्था नै कोल्याप्स हुन्छ । डियर मि गाईजात्रा हेर्न छुटेर केही हुन्न माईजात्रा गर्न बिर्सियो भने त संसार ढल्छ नि ख्याल गर्नु ।

डियर मि माने निकै सोझा, सिधा, परिश्रमी, इमान्दार भएका बेइमानरूः नजन्मदै देखि जात्रा हेर्न थालेका हामीरू सधैँ
जात्रा हेरेको हेरै भइन्छ । आ….मा….मा…मा यहाँ त असल आचरण हुनेलाई खराब, इमानलाई बेइमान, परिश्रमीलाई ठग, चोर/डाँका/फटाहालाई ठूला मान्छे, जिरो काम गर्ने हिरो, हिरो काम गर्ने जिरो, अन्याय र अत्याचार गर्नेलाई बार्‍ह हातको सम्मान, राम्रो गर्नेलाई चौबिस हातको सजाय……यस्तै यस्तै राम्रा काम हेर्न/देख्न पाइएन भने निद्रा नै लाग्दैन । हामीरूले के–को गाईजात्रा हेर्न भ्याउनु ? माईजात्रा त छुटिराछ भन्या ।

डियर मि माने शब्दप्रेमी, अक्षरप्रेमी साहित्यकाररूः दिनदिनै पढेर, लेखेर मात्र गन्नेमान्य र वरिष्ठ साहित्यकारमा कसरी पर्नु ? वरिष्ठ हुनलाई हप्तैपिच्छे मान, सम्मान र पुरस्कारले आँखा धुनलाई त गज्जवको शिप माने क्षमता चाहिन्छ । चोरचार गरेर, ठगठाग गरेर, एउटा उपन्यासको कथा जस्तो लामो कविता लेख्ने , अनि त्यो कवितालाई अरु बेलामा फूर्सद नहुन सक्छ । त्यसैले आधुनिक पाइखानामा खाइखाना फाल्दा समेत प्राक्टिस गरेर सबै सोसल मिडियामा वाचन गर्ने । अनि आफूले माग्दा पाइने एजेन्सीरूसँग मागेको दाम पुरस्कार स्थापना गरेका दातारूलाई दिने अनि आफूले त्यसैलाई मानसम्मानको रुपमा लिने । यी र यस्ता साइड सिनमा आँखा परेन भने त हामीले जति लेखे तापनि घरकैलाई समेत आफूले लेखेको कविता पैसा दिएर मात्र सुनाउन पाइन्छ भने अरुका मानसम्मानको आशा गर्नु खतरनाक हुन्छ । वरिस्ट साहित्यकार हुनको लागि चाहिने तातो तातो विशेषतारूमा चाकरी, चाप्लुसी, भनसुन, खानसुन, मानसुन भन्ने माईजात्रामै लागियो है त हजुर ।

डियर मि माने आसेपासे, यत्रतत्र सर्वत्र सबै : डियर मि माने एनआरएन क्या कमालका छौँ हामी । थालमा चुठेर खान पाइएन भनेर बेसाएको पैसो मेनपावरलाई बुझाएर विदेशीएका वाइघात कुरा बिर्सनु । टाढैबाट यसो दिशा पारेर जन्मभूमिलाई धारे हात लाउनु । मिलेसम्म श्रम भन्ने कुरो विदेशी भूमिमा नै बगाउनु अनि फूर्ति भन्ने कुरो दशकौँमा नेपाल आउँदा लाउनु । श्रीमान/श्रीमती/छोराछोरी/प्रेमीप्रेमीका उतैतिर जमाउनु, जे जस्तो भए तापनि कहिलेकाहीँ फोन र सोसल मिडियामा चिटिक्कको राम्रो अनुहार देखाउनु भैपरि सबैकुरा स्वदेशमा नै लेखाउनु । फुर्सद निकै कम हुने हुनाले वर्षको एक दिन मात्र भए तापनि गाईजात्रा नहेरेरै माईजात्रामा बास्नु, एनि आऊ हाँस्नु ।

पाठक महासय हजुररूलाई कस्तो लाग्छ कुन्नि ? आफूलाई त गाईजात्रा भन्दा माईजात्रामा नै डन हुन मनपर्छ । अनि अर्को कुरा गाईजात्रामा त मरेका मानिसरूका साइट भिजन मात्र हो देख्न पाइने । माईजात्रामा त सबैका सग्ला –सग्ला अर्गानिक भिजनरू मस्तले हेर्न पाइन्छ । किन्न पाइन्छ । चिन्न पाइन्छ । माईजात्रा हेर्ने बानी परेपछि गाईजात्राका पुस्तौँपुस्ता आए तापनि तातो न छारो जस्तो लाग्छ । त्यसैले यो सुन्दर क्षण, यो सुन्दर पल गाईजात्रामा होइन हामी सबैले आफ्नो –आफ्नो माईजात्रा हेर्नलाई उपयोग गरौँ है त । हस् हजुर आफू त माईजात्रामा लागियो हजुररू समेत लाग्नोस् है हस् ?

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x