साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी गनायाे

बनाएको सिङ्गापुर दशक बित्यो आज नेपाल नै छ म जेनेभा ठान्थेँ तर पनि अझ यो काठमाण्डौ रहेछ ! कुह्यो नेताजीको वचन सडिसक्यो श्वास मात्रै गनायो ! भयो गाईजात्रा दिन दिन दिनकै राजधानी गनायो !

Nepal Telecom ad

काशीनाथ मिश्रित :

सधै हिँड्ने बाटो ढल मल भरिँदा बासना ठुस्स दिन्छ !
खुबै नामी हामी सहज हुन गयौँ फोहरीमै चिनिन्छ !!
सिनोभन्दा बढ्ता हरहर जल त्यो वाग्मतीको बसायो!
भयो गाईजात्रा दिन दिन दिनकै राजधानी गनायो !

कुहेका सामग्री सडकतिर यसै फ्याँक्दछन् सभ्य मान्छे
भिखारी केटीले अझतक ढलमा फ्याँकिने भात खान्छे !
दयाले पग्लेको नरपशु उसकै अस्मिता लुट्न थाल्यो
भयो गाईजात्रा दिन दिन दिनकै राजधानी गनायो !

भए शोभादायी महल अति उचा फेँदमा देखिँदैन
कमाराको त्यत्रो महल छुन कतै नाम नै लेखिँदैन ।
यहाँ बस्ने साँढे गजबसँग जुधेहेर बाच्छो डरायो!
भयो गाईजात्रा दिन दिन दिनकै राजधानी गनायो !

अहा राम्रो हाम्रो प्रिय भिजिट भिसा !विश्वमै मानिएको
कहाँ मिल्थ्यो यस्तो अरु मुलुक भए देश नेपाल हो यो !!
गयो ज्युँदो मान्छे गगनबिच उडी फर्किँदा लाश आयो
भयो गाईजात्रा दिन दिन दिनकै राजधानी गनायो !

बनाएको सिङ्गापुर दशक बित्यो आज नेपाल नै छ
म जेनेभा ठान्थेँ तर पनि अझ यो काठमाण्डौ रहेछ !
कुह्यो नेताजीको वचन सडिसक्यो श्वास मात्रै गनायो !
भयो गाईजात्रा दिन दिन दिनकै राजधानी गनायो !

०००
गुल्मी
२०८२ साउन २५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x