साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो भएनौ अब ?

माफी माग छिटो गर्‍यौ गलत जो, भन्दै झुकाई सिर। गर्नेछन् तब माफ भाइ भतिजा, बिर्सेर आफ्नो पिर।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

आगोपोल्छ भनी बुझेपछि पनी, आगो समायौ किन।
रुन्छौआज तिमी विलाप गरि त्यो, सम्झेर कालो दिन।।
छोडी गर्न विलाप माझ मनको, बिर्सी पुराना दिन।
जेजे भो सब त्यो अकल्पन थियो, सम्झी रहन्छौ किन।।

जान्दैनौ पहिला र काम गरछौ गर्नै नहूने तिमी।
पोलेको घरमा बसेर तिमीले,रुन्छौ खरानी चुमी।।
आगो बोल्छ चटान ठोकिन पुगे,भन्ने बुझेनौ किन।
सत्ताको रथमा चडेर घनले, हानी दियौ जुन दिन।।

भाग्यौ लाज पचाइ लाज नभका, फर्केर आयौ किन।
तातो सङ्ग तिमी डराउन परे, जनता ततायौ किन।।
शान्तीका दुत बुद्ध जन्म थल यो, मान्छे थिए सज्जन।
अच्चाक्ली हुन गो तबै जन उठ्यो कोर्धी हुँदा शासन।।

माफी माग छिटो गर्‍यौ गलत जो, भन्दै झुकाई सिर।
गर्नेछन् तब माफ भाइ भतिजा, बिर्सेर आफ्नो पिर।।

जानेको छ जती सुजाव जनको, आफ्नो अनुभव सब।
गर्छौ राजनिती तिमी अझकती, बूढो भएनौ अब ?
सत्ता छोड रमाई जाउ घरमा, आराम गर्ने गर।
के पढ्दा मन हुन्छ शान्त अब ता, खोजेर त्यही पढ।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x