अमर सन्ततितीन ठाेक्तक
खै के परिवर्तनको आसा र अपेक्षा गर्ने हामीले ! जो दम्भी र अहंकारी छ, उसकै आरति हुँदैछ अझै ।

अमर सन्तति :
१.
पटमूर्ख यहीँ, विद्वान् यहीँ छन्
बैगुनी यहीँ, गुणवान यहीँ छन्
यो मानवरुपी भव्य खोलभित्र,
राक्षस यहीँ, भगवान यहीँ छन् ।
२.
सही गलत थाहा हुन्न अहंकारमा डुबेपछि
अरुको गुण थाहा हुन्न अहंकारमा डुबेपछि
आफूमात्रै राम्रो देख्छ, आफ्नो काम सबै ठिक,
विवेक के हो थाहा हुन्न अहंकारमा डुबेपछि ।
३.
जो शब्दमा तुच्छ भकारी छ, उसकै आरति हुँदैछ अझै
जो अविवेकी कुसंस्कारी छ, उसकै आरति हुँदैछ अझै
खै के परिवर्तनको आसा र अपेक्षा गर्ने हामीले !
जो दम्भी र अहंकारी छ, उसकै आरति हुँदैछ अझै ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































