साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका

भयो बेला के को ? कृत क्रम सिकाए दिनदिनै सधैँ मेरै राम्रो तन र मन अर्पे छिनछिनै हिँडे बाटो सुल्टो मनुजमन बन्छन् अपरका। खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

सयौँ झेले टन्टा परिजन रमून् यो मन लिए ।
सधैँ हाँसो भर्ने अटल मनमा साहस सिए ।।
उठी जाग्दै हेरूँ सुख घर हुलौँ कर्म भरका ।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका।।०१।।

हटोस् अल्छे बानी खुरुखुरु जुटूुँ कर्म पथमा।
खटी बाँडूँ ऊर्जा कुशल लय पक्री सहजमा॥
टिपौँ राम्रा मात्रै असल नमुना विश्व भरका ।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।०२।।

चिसो तातो बेला सम छ कृत हेर्दा रहरिलो ।
बसूँ साथै बोली रसिकपन छाओस् चहकिलो
बनूँ राम्रो मान्छे सुबुझ नर मानून् अपरका ।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ॥०३।।

भयो उठ्‌ने बेला नसुत अब ता बित्तछ भनी।
सधैँ भर्छन् ऊर्जा मकन हितमा सागर बनी।।
सबै हर्छन् टन्टा धुमिलपन फाल्छन् अधरका
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ।।०४।।

भयो बेला के को ? कृत क्रम सिकाए दिनदिनै
सधैँ मेरै राम्रो तन र मन अर्पे छिनछिनै
हिँडे बाटो सुल्टो मनुजमन बन्छन् अपरका।
खुसी मान्दै हाँस्छन् हरबखत यी वृद्ध घरका ॥०५।।

०००
सुम्बेक, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x