साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बरै नेता कुर्लिन्छन्

जन्मिदासाथ शिशुले पनि एकलाख ऋण बोक्ने भए कठै एकलाख ऋणा बोक्ने भए दिक्क भएर व्यङ्ग्यकारले व्यङ्ग्य ठोक्ने भए बरै व्यड्ग्य ठोक्ने भए ।

Nepal Telecom ad

अमर अधिकारी :

देशै डुब्यो अनायासै हेर्दाहेर्दैमा
कठै हेर्दाहेर्दैमा
केहि लागेन देशप्रेमले घेर्दाघेर्दैमा
बरै घेर्दाघेर्दैमा।

दिमागवाला अमेरिका-अष्ट्रेलिया गए
कठै अष्ट्रेलिया गए
पाखुरावाला खाडी मुलुक जान बाध्य भए
बरै जान बाध्य भए।

दशवर्षमा दशहजार लाश एअरपोर्टमा ओर्लिन्छन्
कठै एअरपोर्टमा ओर्लिन्छन्
मुलुक बनाउँछौँ भनिकन नेता कुर्लिन्छन्
बरै नेता कुर्लिन्छन्।

खेत बारी बाँझो पल्टिए अन्तैको खानु रे
कठै अन्तैको खानु रे
विषादी खाई विरामी भई अस्पताल जानु रे
बरै अस्पताल जानु रे।

लुटेरा र फटाहाले माफी पाउँछन् रे
कठै माफी पाउँछन् रे
सोझाहरु विरहको गीत गाउँछन् रे
बरै गीत गाउँछन् रे।

जन्मिदासाथ शिशुले पनि एकलाख ऋण बोक्ने भए
कठै एकलाख ऋणा बोक्ने भए
दिक्क भएर व्यङ्ग्यकारले व्यङ्ग्य ठोक्ने भए
बरै व्यड्ग्य ठोक्ने भए ।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x