साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उटाटापी पहिरेनीका काका

सबैले हो हो बा हो हामीलाई त यी पहिरेनी बुढाले त हजुर बा पखेंटै नहाली उडाई दिन्छन् भन्दै घरघरतिर लागे। एक्लै चौतारीमा पहिरेनी काका भने भुत भुताउँदैथे, ‘हुनी कुरा गरेको पत्याउनी भा पो गर्नु।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

गांउँघरमा, काँठमा साह्रै रमाइला मानिसहरू पनि बसेका हुन्छन्। कतिपयलाई छिनछिनमै हँसिमजाक ठट्टा गरिरहनु पर्ने हुनाले तेस्ता मान्छे केहि दिन गाउँमा भएनन् भने गावैँ शून्य जस्तो लाग्दछ गाउँलेहरूलाई।तेस्तै एउटा असली पात्र थिए पहिरेनी काका दुर्लभ ।

उटाटापी पहिरेनी काका। हरसाल गर्मीको याममा खेती लाइसकेका हुनाले किसानहरू केही समय बस्तुभाउलाई बिहान बेलुकाको घाँस पातको प्रवन्ध गरेपछि पहिरेनी चौताराको शितलमा बस्न भात खाएर हात मोल्दै, कोही सुर्ती माड्दै कोही कंकड तान्दै कोही चुरोट खाँदै चौतारातिर लाग्थे। आज पनि त्यसरी नै जम्मा भएर पहिरेनी काकाको बाटो हेर्दैथे।

पहिरेनी दुर्लभ काका अहह क्या सारो गर्मी हो ठिटा हो बिहानैदेखि भन्दै चौतारीमा हेर्दै उक्लेर पेटीको छपनीमा थुचुक्क बसे। सबै मुखामुख गर्नथाले । रिट्ठेले मुख खोल्यो हैन ए भाइ हो पहिरेनी काका चौतारीमा नआको दिन त दिउँसै चकमन्न हुने रैछ हगि ? हो त नि है साँच्चिनै काका तपाईं नभए त गाउँ शून्य हुने रैछ नि हो गिट्ठेले भन्यो। सबैले हो काका हो भन्दै स्वर मिलाए। दुर्लभ काकाले पनि भने भो भो धेरै फूलबुट्टा नभर म पनि किन यसो भनिराछौ भनेर कुरा नबुझ्ने हैन हेर केटा हो ।तिमीहरूलाई ठट्टा रमाइलो कथा कथाकुथुङ्ग्री सुन्न मन लाग्यो बरू सोझै भनन ठेट्ना हो, काका लौ रमाइलो रमाइलो कथा भन्नु भनेर । म बिना पंडित र पैसाको मफती पुराण भनी हाल्छु नि, भनेकै हो भन्छु पनि। त्यो त हो काका झ्याप्पै भन्दा झापु खाइन्छ कि भनेर नि अब त भनी हाल्छौँ नि काका लौ रमाइलो कथा कुथुङ्ग्री सुनाउनु भनेर रिट्ठेले फेरि कुरा थप्यो।

दुर्लभ काका पनि भन्न लागे हेर सुन्दा अचम्म लाग्छ तर कुरा हो उहिले उहिलेको। हाम्रा मावलीमा पाखाबारीका बडा बडा गरा छन् । एउटै गरामा सयभारी मकै र घैया धान छरे ४०/५० मुरी घैया धान हुने पटाहा गरा छन्।तेस्ता ठूला गराका एकछेउमा विहारे घर छ। जाडोको याममा गरामा गुन्द्रीमाथि राडी काम्लो ओच्छ्याएर मजाले पहार ताप्छन्। काम गर्ने मान्छेहरूले हिउँदमा भाँडा पनि तिं बाहिर ल्याएर धाराको छेउमा माझ्छन्।पानी सबै गरामा लगाएको तरकारीको ड्याङको बिचबाट बहेर जाने हुनाले बाह्रै महिना मौसम अनुसारको तरकारी छेलो खेलाई फल्छ। तरूल एकजनाले बोक्न नसक्ने। मुला बडाबडा रूखको फेरो जत्रै फल्छ।

परारैको कुरा हो हाम्रो मामा घरको ठूलो गरामा मान्छेले काँधैमा बोक्न पर्ने ठूल ठूला मूला उभिएका थिए। ती मध्य पनि माझ गरामा यति ठूलो मूला थियो कि नाम्लै लाएर बोक्न पनि दरै तिघ्रे चाहिने खालको थियो। मुला फुल्न थालेपछि माहुरी भुनुनु न हुलै घुमिरहेका हुन्थे मुलाबारीमा। जब फूल मस्किएर मुलाको कोशा लाग्नथाल्यो तै पनि मौरी तेत्तिनै घुमिराखेकाले म पनि तेत्तिनै बेला मामाघरमा भएकोले केहो त रहस्य भनेर ठूलो मुलाको फेदतिर गएर मौरी घुमेको माथि फर्केर हेरिरहें। आशर्जे के भो भने मुलाको आधा पेटमा एउटा प्वाल रहिछ तेही प्वालबाट माहुरी त भित्र जानी र आउनी एक छत्त गरिरह्यो गरिरह्यो। के रैछ त रहस्य भनेर नजिकै गएर हेरेको त खुलिहाल्यो।

त्यसपछि त भन्छौ भने मैले कुरा बुझिहालें अनि त सुन्या हो तिमीहरूले ? ’हो हो भने श्रोताले । तब त झन् उच्किउच्कि काकाले भने मेरो पालो घरगएंर मामालाई बेलिबिस्तार लाको विश्वासै गरेनन् मेरो । अनि भनें ल हिँड्नुस् भनेर हातमा समातेर उठाईं अनि डेक्ची लिन लगाएँ र आफ्नो हातमा पनियो र झुम्रो अनि खुकुरी लिएर अघि अघि लागेँ ।

ल हेर त केटा हो चटक हाम्रो मामा ठूलो मुलाको नजिकै गाथेँ मौरी हुनहुनाएको डराएर भाग्न पो खोज्छन् ए ! मामा के लाछी भा ? भनेर मेरो पालो पाखुरा च्याप्प समातेर यहाँ बस्नु मामा, यो झुम्रो सल्काएर मूलाको रूखनिर लिएर बस्नु, म काटेर मुख ठूलो बनाउॅछु भनेर झुम्रो सल्काई दिएँ र लिन लाएँ । धुवाउने वित्तिकै मौरी पातलियो तेहो बेला खुकुरीले मूलाको गाला छ्याक्क छ्याक्क बनाएर लछारेको दुईटा चाका त आधै लछारिएर तल झर्याे । हेर भाइ हो मह त धरर र धारो लागी हाल्यो। हत्त र पत्त डेक्ची थापी हालेँ र पो नत्र त एक मानै मह माटोमा पर्नि रै छ नि । तै पनि आधा माना त गयो होला मेरो अनुमानमा। भित्र त चाकै चाका चाकै चाका खातै खात मैले पनि पनियाले चाका काट्दै डेक्चीमा राख्दै, चाका काट्दै डेक्चीमा राख्दै, गरेको झिकी सक्दा त हात फतक्कै गलेर भन्छौ दुख्न थाल्यो कति हो कति मह त डेक्चीमा जुरी लागेर चुली भएछ।

मामा त दङ्ग परेर मौरीले कानमा टोक्दा नि सन्चै पो मानेका बाई ! हैन मलाई टोक्या छ त ? भनेर मैले नि कान छामे कानमै निधार छामे निधारमै कपाल छाम्छुत बाई मकैटाँसेको जस्तो बाक्लो। लहै धुवा लाउँ भनेर धुवा लाउँदै धपाउँदै गरियो। घरमाल्याएर निचोर्दा त तीनपाथी मह भयो।

सबैजना हललल हाँसेर भने- अहो ? उत्पात भए छ। अनि बसेको ठाउँबाट जुरूक्क उठेर फुयाँल बाले हात मुठ्याउँदै भन्नु भो- यी ऽ भयो मुला खैरे तेरो मामाली हाम्ले नदेख्या होर ? उटाटापी गफाडी मोरा यहाँ भनिहालिस् अन्त भन्दै नहिँड् भन्दै लौरो बजारेर बाटो लागे । सबैले हो हो बा हो हामीलाई त यी पहिरेनी बुढाले त हजुर बा पखेंटै नहाली उडाई दिन्छन् भन्दै घरघरतिर लागे। एक्लै चौतारीमा पहिरेनी काका भने भुत भुताउँदैथे, ‘हुनी कुरा गरेको पत्याउनी भा पो गर्नु।

जस्तो गाम ठाम, तेस्तै दाम काम । हा हा गर्दै एक्लै हाँसिरहे। घाँसको भारी बोकेर आइराकी पहिरेनी काकीले भनिन् “हैन ए ! बुढो के बहुला घन्टे झैं एक्लै हाँसेको ?” ए तँ पो ? तपो र सपो हैन भोलि दूध लिएर सहर जाने हो भने यो भारी बोकाैँ” किन नि ? खुईऽ गरेर भारी बिसाएर फरिया फेरले मुख पुछ्दै भनिन् “हेर्नु आज ज्यापुले घाँस काट्दा आलु भाँच्यो भनेर लौराले गोडा पिंडौंलामा सोँट्ठ्याएको’ भनेर देखाइन् निलो लामो सुम्लो देखेपछि काकाले भने “भो बरू भैंसी नै बेचुम् यो काम नगरूम्’ भन्दै यसो मसारेर फकाए अनि घाँसको भारी बोकेर अघिअघि बाटो लागे । बुढी पछि पछि लागिन्।

यस्तै छ हाम्रो कतै कतै चालामाला, तालु र पैतालाको जान्छ खाला।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
लुर्केको भाकल : उँधो न उँभो

लुर्केको भाकल : उँधो...

सुरेशकुमार भट्ट
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x