साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा मान्न निम्तो गरेँ पाल्नुहोला साथी

राजनीति कुरा गर्दै घाम ताप्ने मेला मत माग्ने भोट हाल्ने सुनौलो छ बेला को को कता कित्ता फित्ता तानौँ तल माथि जात्रा मान्न पाल्नुहोला निम्तो गरेँ साथी ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आऊ साथी आज यता मेला लागेको छ
राम्रा दृश्य गीत नाच खेला लागेको छ
देशैभरि नौला नौला जात्रा पर्व मेला
यता पनि जात्रा हेर्न मान्छे हुन्छन् भेला ।।१

आमदानी शून्य जस्तै खर्च मात्र धेरै
बाह्र टक्का मूल्य राखी किन गोरु मेरै
उत्पादन केही छैन अन्तैबाट ल्याऊ
मेला हेर्न सबैजना यतातिर आऊ ।।२

केन्द्रदेखि गाउँसम्म उज्यालोको खोजी
आउनुहोस् यतातिर रित्याउनुस् गोजी
आफ्नोआफ्नो दोकानको दल दर्ता जस्तै
गर्दै जानोस् कर तिर्नोस् शुल्क पर्छ सस्तै ।।३

बत्ती बाली पानसमा उद्घाटन हुने
आयातित सङ्गीतले श्रोतालाई छुने
उद्घाटन सत्र हुन्छ मञ्च राम्रो बन्छ
सभापति बन्ने चाहिँ भाग्यमानी हुन्छ ।।४

लामो सूची बनेको छ मञ्चमाथि बस्ने
बाँकी सारा जनताले छारो धुलो घस्ने
धेरै धन खर्च हुन्छ लुगा लत्ता किन्दा
छोटा लुगा लगाएर गरौँ नाच्ने धन्दा ।।५

खोल्नुपर्छ विकासका नौला नौला पथ
गाउँ गाउँभित्र चलून् योजनाका रथ
चाहिएको सबैलाई ठुलो कुर्सी भत्ता
देश अघि बढ्न थाल्यो फेरिएछ सत्ता ।।७

आफ्नो आफ्नो सिधाान्तको बाजा बजाएर
जय देश गरौँ हामी मेला लगाएर
सबैलाई निम्तो दिन्छु बेला छँदै मेला
आफ्नो आफ्नो भाग लिन हुनुहोला भेला ।।८

राजनीति कुरा गर्दै घाम ताप्ने मेला
मत माग्ने भोट हाल्ने सुनौलो छ बेला
को को कता कित्ता फित्ता तानौँ तल माथि
जात्रा मान्न पाल्नुहोला निम्तो गरेँ साथी ।।९

०००
विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x