राजेन्द्रप्रसाद अधिकारीजे होस्…‚ था’छैन‚ तर पनि हेरौं…
'लोकेशन ट्र्याक' गर्न नसकेर हैरान देखिएका छन् तर पनि हेरौं‚ भोलि विहानको सूर्योदयसँगै सुन्दर बगैँचाको कुनै कुनामा स्वच्छ‚ सऽफा र स्निऽऽग्ध शीत टल्केको देख्न पाइन्छ कि ?

राजेन्द्रप्रसाद अधिकारी :
जे होस्
जुन सुकै पुस्ता होस्‚ र
जस्तो सुकै परिवर्तन होस्
गर्न चाहेको राजनीति नै देखियो
खोजेको पार्टि नै देखियो‚ र
चाहेको कुर्सी नै देखियो
बाँकी
कुटनीति के हो‚ था’छैन
सिद्धान्त के हो‚ था’छैन
डोर्यानउने विचार के हो‚ त्यो त झनै था’छैन
अर्कोतिर
कात्रोमा खल्ती गाँसेर जिउँदै स्वर्ग जाने
सिद्धान्त प्रतिपादन गर्न प्रतिवद्ध
एक थान बुढाहरु‚ रावणको
व्हाट्सएप वा इमेल एड्रेस फेला पार्न नसकेर
अनि रावणले स्वर्ग जान बनाएको सिंढीको
‘लोकेशन ट्र्याक’ गर्न नसकेर
हैरान देखिएका छन्
तर पनि
हेरौं‚ भोलि विहानको सूर्योदयसँगै
सुन्दर बगैँचाको कुनै कुनामा
स्वच्छ‚ सऽफा र स्निऽऽग्ध शीत
टल्केको देख्न पाइन्छ कि ?
०००
काठमाडाैं
१५ पुष २०८२








































आजको तिक्तता र एथार्थ भावको समसामयिक कविता !! जय होस् सर 🙏