डा. विदुर चालिसेछक्का खेल
सडकमा भाषण, युटुवमा अन्तर्वार्ता, पत्रपत्रिकामा धारणा, बाेलीमा महत्वाकाङ्क्षा र परिस्थितिमा स्खलन टेलिभिजनकाे पर्दाकाे दृश्य झैँ स्क्राेल भइरहेकाे थियाे । सबै जना गीत गाइरहन्थे ।

प्रा. डा. विदुर चालिसे :
नेतृत्वलाई जब सङ्कटकाे बेला आउँछ, तब कार्यकर्ताकाे साथ चाहिन्छ । जब मात चढेकाे बेला हुन्छ, तब नातागाेता र आफन्त जस्ता जाेकरकाे भाग चाहिन्छ । त्यसैले जनताहरू अचेल साेध्ने गर्छन् ।
-“देश कसरी बनाउँछन् नेताहरूले ?”
अर्काे नेतृत्व सडकमा थियाे । उ चिच्याउँदै कराउँथ्याे, भ्रम छर्थ्याे । जब सत्तामा पुग्ने देखिन्थ्याे, ठुल्ठुला आश्वाशनकाे हुँकार छाेड्थ्याे र भन्थ्याे ।
-“हामी सत्तामा पुगेपछि विकास ह्वात्तै, काम स्वाट्टै र गर्नुपर्ने निर्णय फ्याट्टै गरिदिन्छाैँ ।”
यिनकाे राजनीतिकाे हबिगत देखेपछि बुज्रुकहरू हाँस्थे। लठुवाहरू ताली बजाएर पछि लाग्थे । एकदिन गाेरेकाजीले फर्मान छाेड्याे ।
-“म नभई देशै परिवर्तन हुँदैन ।”
एकजना देशबाट पीडित महिलाले मनमा कुराे घाँटीमा गाँठाे पारेर राखिन् । उनलाई बालबच्चाकाे पीडा त थियाे नै । आफ्नै खसमकाे विभत्स हत्याकाे चर्काे वेदना पनि थियाे । उनकाे विरक्त हृदयबाट एक नेतृत्वलाई साेधिन् ।
-“तपाईँकाे गुलामहरू कति छन् ? देश विकास गर्न ?”
-“भए जति मेरै हुन् ।”
-“त्यसाे भए तपाईले मलाई पनि देश विकासमा जाेड्न साथ लिनु हुन्छ ?”
-“भयाे ! भयाे !! दाह्रा नङ्ग्रा नफिँजाउनू।”
नेतृत्व त्यसै हडबडाउन थाल्याे । उसले दैवी कालकाे मातृ सत्ताकाे कथामा पढेकाे मातृशक्तिकाे अन्दाज लगाउन थाल्याे । अनि घाेक्न सुरू गर्याे ।
-“अहिले देवीकाे हैन, देवताकाे समय हाे । मातृशक्तिकाे हैन, पिता भक्तिकाे हाे !”
विचरा अबला महिलालाई एक भन्नू न दुई भन्नु भयाे। उनले सुस्केरा हालेर बसिरहिन । त्यसपछि नेतृत्व तासकाे पत्तीकाे जाेकर खाेज्न र गुलाम राेज्न थाल्याे । समय र परिस्थितिले धेरै नेतृत्वहरू देश विकास गर्ने हाेडमा देश दाैडाहामा दाैडिन थाले । उनीहरू जहाँ जान्थे । सबैले सबै प्रकारका गुलामहरू भेट्थे र आश्वाशन बाँड्थे ।
-“मेराेमा आइज ! पद जति लैजा !! पाएकाे जति खाइजा !!!”
वाक्क जनताहरू आँखामा आँसु खसाउँदै बर्बराउन थाले ।
-“देश बनाउन अब विचार र दृष्टिकाेण नचाहिने भयाे । हल्लामा दाैडे भयाे । हावा कुरा खाए भयाे । आश्वाशन पाए भयाे । गुलाममा जाेकर र जाेकरमा गुलाम भिडाए भयाे ।”
अबलाले वेदनाकाे स्वरमा मृतात्माका रूपमा रहेका बच्चाहरूलाई साेधिन् ।
-“तिमीहरूले खाेजेकाे भविश्य के हाेइन ?”
-“राजनीतिमा गुलाम चाेरकाे खेल !”
सडकमा भाषण, युटुवमा अन्तर्वार्ता, पत्रपत्रिकामा धारणा, बाेलीमा महत्वाकाङ्क्षा र परिस्थितिमा स्खलन टेलिभिजनकाे पर्दाकाे दृश्य झैँ स्क्राेल भइरहेकाे थियाे । सबै जना गीत गाइरहन्थे ।
-“याे जीत कस्काे ?”
-“छक्का, मेराे खेल ! ”
-“तेराे हाेइन, मेराे मेराे !!”
-“तेराे पनि हाेइन, तेराे पनि हाेइन, मेराे हाे, मेराे !”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































