साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छक्का खेल

सडकमा भाषण, युटुवमा अन्तर्वार्ता, पत्रपत्रिकामा धारणा, बाेलीमा महत्वाकाङ्क्षा र परिस्थितिमा स्खलन टेलिभिजनकाे पर्दाकाे दृश्य झैँ स्क्राेल भइरहेकाे थियाे । सबै जना गीत गाइरहन्थे ।

Nepal Telecom ad

प्रा. डा. विदुर चालिसे :

नेतृत्वलाई जब सङ्कटकाे बेला आउँछ, तब कार्यकर्ताकाे साथ चाहिन्छ । जब मात चढेकाे बेला हुन्छ, तब नातागाेता र आफन्त जस्ता जाेकरकाे भाग चाहिन्छ । त्यसैले जनताहरू अचेल साेध्ने गर्छन् ।
-“देश कसरी बनाउँछन् नेताहरूले ?”

अर्काे नेतृत्व सडकमा थियाे । उ चिच्याउँदै कराउँथ्याे, भ्रम छर्थ्याे । जब सत्तामा पुग्ने देखिन्थ्याे, ठुल्ठुला आश्वाशनकाे हुँकार छाेड्थ्याे र भन्थ्याे ।
-“हामी सत्तामा पुगेपछि विकास ह्वात्तै, काम स्वाट्टै र गर्नुपर्ने निर्णय फ्याट्टै गरिदिन्छाैँ ।”

यिनकाे राजनीतिकाे हबिगत देखेपछि बुज्रुकहरू हाँस्थे। लठुवाहरू ताली बजाएर पछि लाग्थे । एकदिन गाेरेकाजीले फर्मान छाेड्याे ।
-“म नभई देशै परिवर्तन हुँदैन ।”

एकजना देशबाट पीडित महिलाले मनमा कुराे घाँटीमा गाँठाे पारेर राखिन् । उनलाई बालबच्चाकाे पीडा त थियाे नै । आफ्नै खसमकाे विभत्स हत्याकाे चर्काे वेदना पनि थियाे । उनकाे विरक्त हृदयबाट एक नेतृत्वलाई साेधिन् ।
-“तपाईँकाे गुलामहरू कति छन् ? देश विकास गर्न ?”
-“भए जति मेरै हुन् ।”
-“त्यसाे भए तपाईले मलाई पनि देश विकासमा जाेड्न साथ लिनु हुन्छ ?”
-“भयाे ! भयाे !! दाह्रा नङ्ग्रा नफिँजाउनू।”

नेतृत्व त्यसै हडबडाउन थाल्याे । उसले दैवी कालकाे मातृ सत्ताकाे कथामा पढेकाे मातृशक्तिकाे अन्दाज लगाउन थाल्याे । अनि घाेक्न सुरू गर्याे ।
-“अहिले देवीकाे हैन, देवताकाे समय हाे । मातृशक्तिकाे हैन, पिता भक्तिकाे हाे !”

विचरा अबला महिलालाई एक भन्नू न दुई भन्नु भयाे। उनले सुस्केरा हालेर बसिरहिन । त्यसपछि नेतृत्व तासकाे पत्तीकाे जाेकर खाेज्न र गुलाम राेज्न थाल्याे । समय र परिस्थितिले धेरै नेतृत्वहरू देश विकास गर्ने हाेडमा देश दाैडाहामा दाैडिन थाले । उनीहरू जहाँ जान्थे । सबैले सबै प्रकारका गुलामहरू भेट्थे र आश्वाशन बाँड्थे ।
-“मेराेमा आइज ! पद जति लैजा !! पाएकाे जति खाइजा !!!”

वाक्क जनताहरू आँखामा आँसु खसाउँदै बर्बराउन थाले ।
-“देश बनाउन अब विचार र दृष्टिकाेण नचाहिने भयाे । हल्लामा दाैडे भयाे । हावा कुरा खाए भयाे । आश्वाशन पाए भयाे । गुलाममा जाेकर र जाेकरमा गुलाम भिडाए भयाे ।”

अबलाले वेदनाकाे स्वरमा मृतात्माका रूपमा रहेका बच्चाहरूलाई साेधिन् ।
-“तिमीहरूले खाेजेकाे भविश्य के हाेइन ?”
-“राजनीतिमा गुलाम चाेरकाे खेल !”

सडकमा भाषण, युटुवमा अन्तर्वार्ता, पत्रपत्रिकामा धारणा, बाेलीमा महत्वाकाङ्क्षा र परिस्थितिमा स्खलन टेलिभिजनकाे पर्दाकाे दृश्य झैँ स्क्राेल भइरहेकाे थियाे । सबै जना गीत गाइरहन्थे ।
-“याे जीत कस्काे ?”
-“छक्का, मेराे खेल ! ”
-“तेराे हाेइन, मेराे मेराे !!”
-“तेराे पनि हाेइन, तेराे पनि हाेइन, मेराे हाे, मेराे !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
0
Would love your thoughts, please comment.x
()
x