साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के काम मेरो धन !

मैले राख्न सकेँ कतै बचत के अड्को र फड्को हुँदा गर्जो टार्न कहाँ कहाँ कति कुदेँ मिल्दैन निर्धो रुँदा अर्काको गहना लुगा र कपडा देखी म जल्ने किन मौकामा उपयोग गर्न नसकी कौडी भयो जीवन ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

हामी मानव हौँ खुला हृदयले बोल्ने र हाँस्ने मन
हाम्रो जीवनमार्गमा कति कुरा चाहिन्छ साथै धन
हो मेरै सुबिधा निमित्त धन यो मैले कमाएँ किन
राम्रा काम हुँदा जुटेन रुपियाँ के काम मेरो धन ?

पर्छन् यी व्यवहार खाडलहरू पुर्नै नसक्ने गरी
चाहिन्छन् रुपियाँ तथा धन सधैँ पुग्दैन कस्तै गरी
शिक्षा लालनपालनादि सबमा चाहिन्छ केही धन
यो बेला उपयोगनिम्ति नभए के काम मेरो धन ।

पर्छन् पर्व र चाडवाड घरमा संस्कार धेरै थरी
झुल्किन्छन् कति पाहुना समयमा आत्मीय पाना भरी
मेरा गाउँ बजारमा रहरका दोकान खुल्छन् किन
यस्तोमा नजुटे र लाजिन परे के काम मेरो धन ।

साथीले पनि सापटी अघि दियो माग्दा म खाली थिएँ
लाग्दा रोग थला परेँ अझ उनै साथी गुहार्ने भएँ
बाधा विघ्न परेछ गाउँघरमा पर्नेछ मैले दिन
यस्तोमा कहिल्यै फुकेन मन खै के काम मेरो धन ।

मेरो गाउँ समाज मन्दिर बनोस् उत्साह राख्दै छ रे
मेरो नाम परेन लिस्टतिर खै लोभी छ भन्छन् अरे
मैले भोलि जवाफ के दिनु उता के गर्नु पर्ला भन
मान्छे बन्न गरेँ उपाय तर के मान्छे बनेँ लौ भन ।

मैले राख्न सकेँ कतै बचत के अड्को र फड्को हुँदा
गर्जो टार्न कहाँ कहाँ कति कुदेँ मिल्दैन निर्धो रुँदा
अर्काको गहना लुगा र कपडा देखी म जल्ने किन
मौकामा उपयोग गर्न नसकी कौडी भयो जीवन ।
क्रमशः

०००
विकास चोक, ५ भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x