साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान्दछौँ

प्रसाद खान जान्दछौँ पुजेर पापको घडा विदेशमा मुसा भयौँ स्वदेशमा भयौँ बडा अनेक जुक्ति जान्दछौँ विदेशतर्फ धाउने यसै निमित्त पाउमा छिमेकको कन्याउने ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

छुरा, खुँडा र बन्चरा प्रहार गर्न जान्दछौँ
ढले लुला र लङ्गडा खुसी असाध्य मान्दछौँ
अधर्ममात्र जान्दछौँ र असभ्यमा रमाउँछौँ
ईमान बेच्न थाल्दछौँ र मान खोज्न धाउँछौँ ।१।

उखेल्न जान्दछौँ सबै सकिन्न रोप्न भो कतै
ऋचा फलाक्न खोज्दछौँ जरा गिँडेर वेदकै
कुतर्क पोख्न जानियो खिया पर्‍यो विचारमा
अमूल्य खोज्न जान्दछौँ सिँगानमा खकारमा।२।

प्रसाद खान जान्दछौँ पुजेर पापको घडा
विदेशमा मुसा भयौँ स्वदेशमा भयौँ बडा
अनेक जुक्ति जान्दछौँ विदेशतर्फ धाउने
यसै निमित्त पाउमा छिमेकको कन्याउने ।३।

विषाक्त पार्न जानियो पवित्र जेसुकै पनि
जतासुकै गर्‍यौँ चियो कता छ स्वादिलो भनी
पुगेर शान्त ठाउँमा अशान्ति छर्न जान्दछौँ
दलेर चूक घाउमा दुखाउँदा रमाउँछौँ ।४।

अनेक खेल खेल्दछौँ बसेर अन्धकारमा
फले चिमोट्न जान्दछौँ सबैकुरा हतारमा
असाध्य सभ्य बन्दछौँ सुधा थुनेर जालमा
मुसुक्क हाँस्न जान्दछौँ मरेभने अकालमा ।५।

छ योजना पछाउने दही, मही, मकै
विकास गीत गाउँदै फकाउँछौँ जतासुकै
डुबिन्छ नर्कमा भनी डराउँदैन यो मन
निजी उकास्न कम्पनी उदत्त हुन्छ यो मन ।६।

बिकारभित्र डुब्दछौँ छ दाग यो निधारमा
सुगन्ध चिन्न छोडियो किरा परेर नाकमा
निखार्न सभ्यता सिक्यौँ असभ्य गीत गाउँछौँ
दशै तिहार झैँ सधैं विनासमा रमाउँछौँ ।७।

०००
मोलुङ ५ प्राप्चा ओखल्ढुङ्गा
हाल चा न पा ३ भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सोझिनु किन ?

सोझिनु किन ?

डिल्लीप्रसाद मूलतिहुन
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x