साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोचेर भोट हालौँ !

हाम्रै छनोट प्यारो ताली बजोस् न भोलि नेतृत्व न्याय निष्ठा बाली बनोस् न भोलि । दिक्पाल भै नबस्ने जाली कपूत फालौँ वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ !

Nepal Telecom ad

पदम दाहाल :

केले भयौँ त हामी दोषी र दुष्ट पाल्ने
दुम्सी हराम जस्ता ल्यायौँ विभ्रष्ट चाल्ने ।
पर्चा रमाउँदै छन् टाँस्नै हुँदैन फालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ! ।१।

सा-है सुवर्ण मौका हो यो झिकौँ न बुद्धि
के के न गर्छु भन्थे केले फुरेन बुद्धि ।
रोजौँ सुयोग्य उम्दा नेता र चोट टालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।२।

दुख्छौँ खराब आए चुक्छौँ अनिष्ट पाए
ल्याऊँ विवेक राख्ने माली कि द्वारपाले !
निर्धक्क न्यूनलाई होच्याउने नकारौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ । ।३।

सर्वोच्च दान हो यो चानेचुने नठानौँ
हल्ला गरून् उचालून् लोभ्याउलान् नकारौँ ।
विश्वासघात गर्ने गुड्डी प्रवृत्ति त्यागौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ।४।

हाम्रै छनोट प्यारो ताली बजोस् न भोलि
नेतृत्व न्याय निष्ठा बाली बनोस् न भोलि ।
दिक्पाल भै नबस्ने जाली कपूत फालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ! ।५।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x