साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ वार्ता गरौँ

Nepal Telecom ad

सँगै बस्नुको एउटा मज्जा छ
सँगै उठ्नुको अर्को मज्जा छ
मज्जै मज्जाको यो उठ्बसमा
आऊ,— अर्को मज्जाको लागि
फेरि एउटा वार्ता गरौँ
जनता हाँस्दै गर्छन्
हामी हेर्दै गरौँ ।
कसलाई पो किन रुवाउनु ?
सके आफैं हाँस्छौँ,
नसके अरुलाई हँसाउँछौँ
हाँसोका लागि विषयको अनिकाल छैन
विषय खोज्दै गरौँला
विषय रोज्दै गरौँला
दायाँ बायाँ नगरीकन
आऊ पहिला वार्ता गरौँ
जनता हाँस्दै गरुन्
हामी वार्ता गर्दै गरौँ ।
नयाँ सोचका लागि तयार छौँ
नयाँ ढोँगका लागि तयार छौँ
पाइला स्थिर भए पनि
विचारमा अग्रगामी छौँ
को छैन र ! क्रान्तिकारी ?
कराईमा सबै छौँ
शक्तिशाली समेट्दिन्छौँ
निरीह निमोठ्दिन्छौँ
मौका नपर्दा पाउ दाब्छौँ
मौका पर्दा पाउ ढोगाउँछौँ
बिर्सेका छैनौँ,—
यो गायत्री मन्त्र
जनताको नाममा सुशासन गर्छौं
विचार एउटै छ
लक्ष्य एउटै छ
त्यसैले,
कोही कुनाबाट निस्कौँ, कोही दुलाबाट निस्कौँ
कोही पिँढीबाट उक्लौँ, कोही सिँढीबाट उक्लौँ
र, एउटा सुरम्य वार्तास्थलमा
नियास्रो मात्र मेटाउन भए पनि
हाँसो मात्र भित्र्याउन भए पनि
दायाँ बायाँ नगरीकन
आऊ पहिला वार्ता गरौँ
जनता हाँस्दै गरुन्
हामी वार्ता गर्दै गरौँ ।
खानाको अनिकालमा पनि
झाडा पखालाको प्रकोप छ
सहकाल पो किन चाहियो र ?
दुईचार ट्याबलेट औषधिले
कसैको गुजारा चल्छ भने
अन्नको झन्झट
बेसाउनै पो किन पर्यो र ?
मानु खाएर मुरी उब्जाउनु पर्दैन अब
मुरी मासेर मानु उब्जाए पुग्छ
भौतिक रुपमा कसैलाई केही पुर्याउनु पर्दैन
समर्थन जुटाउन जाँदा नबिर्सीकन
त्रास र आस दिए पुग्छ
सुधार र विकास !
कसलाई पो चाहिएको छ र ?
यस्तो सन्तुष्ट वातावरणमा
वार्ता नगरे कहिले गर्ने ?
आऊ छिट्टै एउटा वार्ता गरौँ
निर्णयको कुनै दरकार छैन
कसैले क्षुद्र बनेर
छ्वास्स चासो राखेछन् भने
भनिदिउँला,—
मुलुक र मुलुकबासीको हितका लागि
आ–आफ्नो अडानमा हामी अडिग छौँ
र, अडिग रहनेछौँ
बस्, त्यत्ति निर्णय गर्दा पुग्छ
त्यत्ति निर्णय सुनाउँदा पुग्छ
तब त,— दायाँबायाँ नगरीकन
आऊ पहिला वार्ता गरौँ
जनता हाँस्दै गरुन्
र, निरन्तर थप मज्जाको लागि
हामी वार्ता गर्दै गरौँ ।

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x