नन्दलाल आचार्य(अ)राष्ट्रिय गीत
सयौँ खाले नेता हामी एउटै पद सभासद
देश बेच्छौ पेट पाल्छौं अनि बन्छौं गद्गद
प्रकृतिका कोटिकोटी पापिष्टका नायक
नाङ्गो नाच देखाउने लोकतन्त्रका गायक
ज्ञानशून्य शान्ति शून्य महिषासुरका सन्तान
लाउन हुन्न खान हुन्न किन चाहियो विधान ??
जे गरे नि चुपै बस्ने जनता छन् कमाल
हाम्ले चुसी खोक्रो भाको जय जय नेपाल ।
उत्पीडित ज.
Subscribe
Login
0 Comments
Oldest




































