साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो झड्केलो भाइ

Nepal Telecom ad

हेर त यता मलाई
म कत्ती राम्री छु हगी ?
लोभ लागेन तिमीलाई ?
आफ्नी मलाई मान्नु छ,
नाम मेरो जान्नु छ ?
‘शान्ति नेपाल’

अहो किन झस्केको,
मुन्टो बङ्गाई लस्केको ?
चिन्छौ कि क्या हो मलाई,
कि मेरो यथार्थ थाहा छ तिमीलाई ?
हो, म त्यही शान्ति हुँ
जसको इज्जतमा अस्ती तिमीले
धावा बोलेका थियौ ।
मेरो भाइसँग मिलेर
यो बैँसमा कालो घोलेका थियौ ।

याद आयो ?
तर धन्दा नमान
यी सबैलाई त म बानी भैसकेँ,
आफ्नै भाइ दलाल पर्यो
छर छिमेकीकी क्षणिक रानी भैसकेँ,
आमाले त सपना देखिथिन् रे
खुसीसाथ मलाई जन्माउँदा
तर बिचरी गर्न केही सक्दिनन्
हेर्न पनि सक्दिनन्
मर्न पनि सक्दिनन्
हरेक रात भाइले मलाई अन्माउँदा ।

गाउँलेसँग मेरै सौदा
गरी गरी हिँड्छ,
घरमा मेरी शान्ति छे
भन्दै ध्वाँस दिन्छ,
फर्केर जब घरमा आउँछ
फेरि इज्जत लिन्छ ।
तर पनि शान्ति हुँ
सहेरै बसेकी छु
भागेर जान चाहन्छु तर
यी चौघेरामा फसेकी छु,
त्यसैले मात्र त सहेर बसेकी छु ।

यो कुजात पक्कै पनि
मेरो भाइ नहुनु पर्छ ।
न त हाम्रो नाम मिल्छ
न त स्वभाव,
‘बन्द नेपाल’ ओहो !
कस्तो रिस उठ्दो नाम
फेरि जस्तो नाम त्यस्तै काम
त्यसैले मेरो विचारमा,
हाम्रो नाता निकै फड्किलो हुनु पर्छ ।
यदि भाइ नै हो भने पनि पक्कै
यो मेरो झड्केलो हुनु पर्छ ।

कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x