साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाटाको खेती

Nepal Telecom ad

गुडिरहेको गाडी घचक्क रोकियो । तीनचार हतियारधारी गाडीमा फटाफट चढे र तिनले यात्रुका मनीब्याग, पर्स, खल्ती र झोला झारझुर पारे ।
हाम्रो त मुटुले ठाउँ छाड्यो ।
तिनीहरूले पैसा गने र मुख बिगारे ।
एउटाले भन्यो, “जजसको हो उसैउसैलाई फर्काइदे ।”
अर्कोले आदेश तामेली गर्यो ।
तिनीहरू ओर्लन लागे ।

हामीले डराईडराई सोध्यौँ, “माफ गर्नुहोला । हामी सबैसित भएको सप्पै नगद लिनु भो’ अनि फेरि जस्ताको तस्तै फर्काइदिनु भो’ । हामीले त बुझेनौँ नि !”

एउटाले निर्धक्क भन्यो, “जम्माजम्मी नाथे पचास हजार भो’ ! एक लाख त पुलिसलाई नै बुझाउनु पर्छ । अनि लगेर के गर्नु ? घाटाको खेती । कस्ता हरितन्नम् हिँड्छन् गाडीमा कहिलेकहीँ त ! हँ !!”
तिनीहरू ओर्ले । गाडी फेरि गुड्न थाल्यो ।
गोजीको धन बचेकोमा हामी भने खुसी थियौँ ।

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x