साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलाकार पत्नीको बिलौना

Nepal Telecom ad

चक्का जाम गरुँ कि म चुल्हो जाम गरुँ
खसमलाई एकलौटी पार्न के के गरुँ
हिजो आज मसङ्ग त बोल्नै छोडेका छन्
भित्तातिर फर्किएर घुर्ने गरेका छन् ।

राम्री राम्री तरुनीका फोटा बनाउँछन्
दिनरात तिनैसङ्ग मस्कीएर बस्छन्
रङ्ग ब्रस क्यानभासमा खेलाउनै व्यस्त
मेरो मतलब छैन उनलाई कलासितै मस्त ।

पहिले पहिले तिमी बाहेक कोही छैन भन्थे
सत्य सत्य धरोधर्म भनि कसम् खान्थे
अहिले घरै भरि देख्छु छँडुलीका फोटा
काली गोरी, अग्ली होकी, पातली र मोटा ।

बुरुसले रङ्ग चोप्दै तिर हान्दा रैछन्
यौटी मात्र हैन उनका धेरैवटी रैछन्
फोटोले नै भरियो नि घरको चोटो कोठो
कलाकारकी पत्नी भएँ कर्मै रैछ खोटो

चक्का जाम गरुँकि म चुल्हो जाम गरुँ
खसमलाई एकलौटी पनि के के गरुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x