गौरी प्रधानअब बहुलाउने पालो मेरो !
यो देशमा
कहिले दरबार
कहिले तरबार बहुलाए
कहिले सडक
कहिले संसद बहुलाए
कहिले पहाड
कहिले मधेस बहुलाए
कहिले ब्यारेक
कहिले जङ्गल बहुलाए
कहिले कलम
कहिले बन्दुक बहुलाए
कहिले हिमाल
कहिले नदी बहुलाए
रक्ताम्य भए
मेरो देश
सत्ता र शक्तिको लागि,
समय
समयमा
कहिले लेखक
कहिले पाठक बहुलाए
कहिले शिक्षक
कहिले बिद्यार्थी बहुलाए
कहिले बिरामी
कहिले डक्टर बहुलाए
कहिले खलाँसी
कहिले ड्राइवर बहुलाए
कहिले प्रहरी
कहिले नागरिक बहुलाए
झम्म भयो
मेरो देश
शक्ति र स्वार्थको लागि,
हेर्दै जाँदा
अब त यो देशमा
थप कोही बहुलाउन
बाँकी नै छैन कि क्या हो ?
लाग्छ
अब अन्तिममा
बहुलाउने पालो
मेरै पो हो कि क्या हो ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































