साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारको छायाछवि

Nepal Telecom ad

सरकार मैले पठाएको
रेमिट्यान्स खान्छ
र नगरपालिका घोषणा गर्छ
उसको राज्यमा–
पानीको धारा तिर्खाउँछ
धाराको टुटीले हावा सुसेल्छ
बिजुली रुन्छ अँधेरोमा
पोल चिहान उभिन्छ
र तर्साउँछ
अस्पताल मुर्दा जन्माउँछ
र थपडी मार्छ
गाउँको डाक्टर शहर पसेको छ !
सरकार युवालाई बिदेश खेद्छ
र बिकासको नारा लाउँछ
उसको राज्यमा–
सडक खाडल खन्छ
सुरक्षा चौकीले निहत्था मार्छ
एम्बुलेन्सले बिरामी किच्छ
र यात्रु बोक्छ
फोहोरले नाक थुन्छ
मुर्खले लेख्छ संविधान
न्यायाधीश बलात्कार गर्छ
अख्तियारले घुस खान थालेको छ !

दोहा, कतार

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x