साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारको छायाछवि

Nepal Telecom ad

सरकार मैले पठाएको
रेमिट्यान्स खान्छ
र नगरपालिका घोषणा गर्छ
उसको राज्यमा–
पानीको धारा तिर्खाउँछ
धाराको टुटीले हावा सुसेल्छ
बिजुली रुन्छ अँधेरोमा
पोल चिहान उभिन्छ
र तर्साउँछ
अस्पताल मुर्दा जन्माउँछ
र थपडी मार्छ
गाउँको डाक्टर शहर पसेको छ !
सरकार युवालाई बिदेश खेद्छ
र बिकासको नारा लाउँछ
उसको राज्यमा–
सडक खाडल खन्छ
सुरक्षा चौकीले निहत्था मार्छ
एम्बुलेन्सले बिरामी किच्छ
र यात्रु बोक्छ
फोहोरले नाक थुन्छ
मुर्खले लेख्छ संविधान
न्यायाधीश बलात्कार गर्छ
अख्तियारले घुस खान थालेको छ !

दोहा, कतार

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x