साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्ध जयन्ती !

"तिमी कायर नेताहरू एक ओंजेला पानीमा डुबेर मरे हुन्छ।"- भित्तामा टाँसिएको नक्साले उनीहरू दुबैलाई धिक्कारिरहेको थियो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“आज पच्चिस सय अठसठ्ठीऔँ बुद्ध जयन्ती हामीले आफ्नो देशलाई बुद्धमय बनाउँनु पर्छ। हाम्रो देशमा जन्मिएका गौतम बुद्धबाट हामीले धेरै सिक्नु र सिकाउँनु छ। नयाँ पिँढीलाई ।”

मन्त्री चुँझारामले एक घन्टासम्म बुद्धको बारेमा भट्ट्याए । बुद्ध उदाएदेखि अस्ताएसम्मका थुप्रै घटना उल्लेख गरे र आफ्नो भाषणको बिट मारे।

“सर कति राम्रो ज्ञानवर्धक बिचार ओ व्यक्त गर्नुभयाे । तर सर हाम्रो सामुन्ने एउटा नक्सा नियाल्नुहोस त।”- अर्का नेता निखिलले सुस्तरी मन्त्री जुँझारामको कानमा फुसफुसायो।

“थाहा छ मैले देखिरहेको छु। अहिले हामी यसबारेमा चुप रहेकै राम्रो होला जस्तो लागिरहेको छ।”- चुँझारामले पनि निखिलको कानमा विस्तारै भन्यो।

“बुद्ध जस्तो व्यक्तिले त घाँसी सँग शिक्षा लिएका थिए भने हामीले यो भित्ताबाट शिक्षा लिंदा के होला?”- निखिल फेरि कानमा फुसफुसायो।

“हो मलाई पनि त्यस्तै लागेर त्यो भित्तोलाई नदेखेको जस्तै गरेको हो भन्दा असान्दर्भिक नहोला।”- चुँझारामले सुस्तरी भन्यो।

“तिमी कायर नेताहरू एक ओंजेला पानीमा डुबेर मरे हुन्छ।”- भित्तामा टाँसिएको नक्साले उनीहरू दुबैलाई धिक्कारिरहेको थियो ।

“केही भन्नुभयो सर ? “- निखिल सुस्तरी बोल्यो।
“मैले त केही भनिनँ। बरू हजुरले केही भनेको जस्तो माने।”- चुँझारामले कान मिच्दै भन्यो।

होइन ! म पनि । दुबैको दृष्टि लुम्विनी र कपिलबस्तु अटाएको नक्सामा ठोकिन पुग्यो।

०००
दाङ, घोराही- १८
१०-०२-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x