साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभी

Nepal Telecom ad

गाउँमा एक धनाढ्य साहु थियो,
ऊ कन्जुसको नि हजुरबाउ थियो,
कहिले आफूमात्रै खान्थ्यो छोेराछोरी भोकै,
घरमा जसोतसो टाथ्र्यो, लुकाउँथ्यो धनको पोकै ।

पैसा छैन भनूँ भने दुईटा खाल्डो भर्यो,
औषधी नपाएर जेठो छोरो मर्यो ।
कन्जुसलाई को आफ्नो, को हुन्छ पराई,
पोहोर साल त्यही भएर स्वास्नी पोइल गई ।

लुगा लाउँछ जमानाको थोत्रो टालोटुलो,
धोती च्यात्या थाहा छैन कुरो गर्छ ठूलो ।
दश जनताको काम गर्न एक्लै अघि सर्यो,
भोलिपल्टदेखि सात दिन थला पर्यो ।

‘हस्पिटल जा’ भनेँ त्यतिकै टार्यो,
खोले फाँडो खाएरै ज्यान लतार्यो,
नुहाउँनलाई साबुनको खर्च हुन्छ रे
दिनदिनै खरानीले मुख धुन्छ रे ।

उसलाई सावाँको भन्दा ब्याजको चिन्ता छ,
ब्याजैले भरिएको ट्याङ्कै तिन्टा छ ।
ऊ जिन्दगीमै पहिलोपल्ट शहर जाने भो
दाँत ङिच्याउँदै साँचो छोरीलाई दियो ।

भाडाको लोभले ऊ हिँड्दै गयो,
जुत्तामा मैलो लाग्ने डरले हातैमा लियो ।
बाटामा अचानक खुट्टामा निलकाँडा बिझेछ,
खुसी हुँदै ‘धन्न जुत्ता लगाइन छु’ नत्र जुत्तै प्वाल पर्थ्यो भनेछ ।

लोभले लाभ लाभले विलाप भनेजस्तै भएछ,
भएभरको कुम्ल्याएर छोरी पोइल गईछ ।
धन जोगाउ सिद्धान्तमा छोरीलाई बुढीकन्या राख्यो,
अचानक पोइला गई भनेर मरीमरी हाँस्यो ।

ससुरालीमा बिहे रहेछ सालाको,
लगायो दौरा हजुरबाको पालाको ।
बल्ल बल्ल ससुराली जान पाको,
त्यसमा पनि आफ्नै सालोको बिहे भाको ।

सकेसम्म ससुरालीमा कोसेली बिनै जान्थ्यो,
सालीको बिहेमा त केही लगेन, सालाको बिहेमा के लान्थ्यो ।
यो वर्ष पनि चिट्ठै पारेछ,
ससुरालीको कोसेली डोकै ओसारेछ ।
सासूको चित्त दुख्यो तर, उसलाई के छुन्थ्यो ?
आफ्नो त्यसरी ओसार्या भए डाँको छोडी रुन्थ्यो ।

बारीमा फर्सी फल्यो भने, साँचेर वर्षौं राख्छ,
जब फर्सी कुहिन्छ अनिमात्र चाख्छ ।
गाउँमा दुःख पर्दा पैसा छैन भन्छ,
रातभरी पोको फुकाई–फुकाई दशफेर गन्छ ।

ऊ गाउँकै ठूलो कन्जुस छ,
उसको पाँचोटा त सन्दुस छ ।
कुनै बाटामा टिपेको, कुनै आफ्नै बिहेको,
आफू त के किन्थ्यो ससुराले दिएको ।

अरुको भए पोको फुकाउँथ्यो,
अरुले देख्लान् भनि आफ्नो चाहिँ लुकाउँथ्यो,
जब धन सम्पत्तिले दशवटा खाल्डो भ¥यो,
रातभरि खुसीले पागल भयो, भोलिपल्ट भुतुक्क मर्यो ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x