युवराज मैनालीखप्पर त आखिर खप्पर नै हो
खोपिल्टे खप्पर, त्यसमाथि वन्जरे, दौँतरी त खोज्छन्, खोज्छन्, दौँतरी, त्यसमाथि सिनाजोरी । यतिसम्म कि झिङ्गे दाउ हाल्न आउँछन्, तर प्रवाहनट । नाथे झिङ्गा चिप्लिएर चित पर्दछ । बाहिरी खोलको यो हाल यही खोललाई सरक्क खोलेर हेर्न मन लाग्छ, हेर्छु पनि । पहिले उल्टाएर हेर्छु वा बीचमा कचौराजस्तै खोपिल्टा वरिपरि शिवलिङ्ग झैँ जलहरी । सायद यसको उपयोगिता छ । कतै प्यास लाग्यो वा भोक लाग्यो भने कुवा, खोलामा चोपल्यो, धित मरुन्जेल प्यास मा¥यो । यसरी नै भोक लाग्यो भने थाप्यो, माग्यो, खायो । पखालेर वा नपखालीकनै ख्वात्त छोप्यो हिँड््यो । न कुनै गिलास चाहियो, न त थाल ? यो भयो खप्पर खोलको कमाल ।
विज्ञानले ब्रह्माण्ड जिते तर बैज्ञानिकले आफ्नै खप्पर खोलको उपयोगिता र उपादेयता थुतेर देखाउन सकेका छैनन् । यही हो बत्ती मुनि अँध्यारो भनेको । तर यो नाथेको खोलभित्रको कुनचाहिँ नसा फर्फराएछ, सुत्त बाहिर कल्पनाको छालमा फाल हाल्न पुग्दो छ । उल्टोतर्फ हेरेर फेरि सुल्टो पनि हेरि हालौँ लागेछ, मध्य फुकेको, छेउ दुई खोल्सा परेको मानौँ डाँडोलाई उर्बरा पार्न पैनीको जोहो गरिएको । यो देखेर दङ्ग आफैमा । पहिले त यो डाँडो नाङ्गो थिएन । ठाडो चाहिँ पक्कै थियो, पहरा बसेको सेन्ट्रीजस्तै तर घना थियो झिङ्गा भुसुनाले ल्याण्ड गर्न आउँदा अल्झेर मरिमरि उफ्रन्थे तर उन्मुक्ति मिल्दैनथ्यो । अनि कुतकुतिले हात त्यहीँ पुग्दथ्यो र उनीहरूको लागि काल पल्कन्थ्यो । यस्तो थियो यो खप्परको महाजाल ।
भन्ने खप्परकै कमाल । जहाँ इच्छा, त्यहीँ उपाय झिक्न सकिन्छ । आपूmले चुननाम नराखे पनि बैंकबाट रुप्पे, यो कुरा तपाईं हाम्रालागि होइन, ठूलाठालु वर्गका निम्ति हो । चाहे समता होस्, चाहे झ्याम्टा । चाहे लाम्टा होस्, चाहे … आदि इत्यादिका चिम्टा बनेको छ बैंकसैंक । उड्नेदेखि गुड्ने, तान्नेदेखि चिथोर्ने, टिप्नेमा बोल्ने कोही माइकालाल छैन । हामी लालहरू यस्तो दाल भएका छौँ, नाक छ नराम्रो नसुँघ्ने, कान छ नराम्रो नसुन्ने, आँखा छ नराम्रो हेर्दै नहेर्ने । मानौँ हामी ज्ञानेन्द्रीय विहीनतामा छौँ । हामीलाई पकाउँछन्, हामी पाक्दछौँ । हामीलाई छोप दिन्छन्, हामी झानिन्छौँ, झ्याइँय्य गर्दै । यही हाम्रो बानीले हाम्रो खप्पर ओल्टाएर थाम्न थालेको भान भइरहेछ । यतिखेर अनेकमा छरिएका हामी ढिक्का भएर रहेका छौँ मात्र यसैमा । बोरामा ओसिएको दालझैँ ढिक्के ।
असुरलाई सबैकुरा सुम्पेर हामी एकसुरमा हिँडिरहेका छौँ । बैंक त हाम्रै छातीमा टैंक चलाए पनि सुर हाम्रो चमसुर बनेको छ । हामीलाई आँप तुल्याएर बोक्राबोक्रा छोडाएर जति चुसे पनि काउकुती लगाएको ठानिरहेका छौँ । अनि त्यही बोक्राबोक्रा पनि सुकाएर अंचुर बनाउँदै विना कुनै कसुर पारि पु¥याउँदा पनि हामी तिनैलाई बेकसुर तुल्याइरहेका छौँ । चुसेर फालिएको त्यै आँपको बियाँबाट उम्रेको बोटलाई हामी जिउनु सम्झिरहेछौँ । आफैलाई हरित सम्पन्न ठानिरहेछौँ । यसउसले मलाई लाग्छ या त हाम्रा खप्पर भित्र मृतपिण्ड गिदी व्यर्थमा बोकिरहेछौँ या त लाग्छ हामीले आफ्नो गिदी सुटुक्क छिमेकीलाई दिएर आपूmलाई स्वतन्त्र सम्झँदै कपाली बनिरहेछौँ आफ्नै टाउकोको खोल थापेर सुरसाको मुखभित्र हाल्न मागिरहेछौँ फगत मागिरहेछौँ ।
झल्याँस्स भएर बिउँझिँदा साँच्चै मेरो दुबै हात खप्पर मै थियो । अनि खप्परकै सोचमा लम्पसार परेर पनि आधारात नदिदाई छर्लङ्ग काटिरहेछु ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































