साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखा चिम्लेर बसौं

Nepal Telecom ad

अहिले
एकैक्षण
ढोका थुनेर बसौं
झ्याल थुनेर बसौं
पर्दा लगाएर बसौं
कान थुनेर बसौं
हाम्रो घर अगाडि
जुलुस आइरहेछ ।

बस्त्रहीनहरू
जुलुसमा हिडिरहेछन्
लज्जाबोध नहुनेहरू
जुलुसमा नारा लाइरहेछन्
नाङ्गाहरूको नारा
अश्लिल छ
उनीहरू
श्लिलको बलात्कार गरिरहेछन्
मान्यताको
चीरहररण गरिरहेछन् ।
उनीहरू
नाङ्गै जुलुसमा हिँडेका छन्
उनीहरू
अश्लिल नारामा रमेका छन् ।

उनीहरू
अगुवा हुन्
कामकाजका अगुवा
बन्दोबस्तीका अगुवा
न्याय र इन्साफका अगुवा
सर्वत्रका अगुवा ।

गन्तब्य
उनीहरूको
ठूला घरहरूतिर रहेको छ
कामकाजको ठूलो घर
बन्दोबस्तीको ठूलो घर
इन्साफ गर्नेहरू बस्ने ठूलो घर
उतै पस्न लागेका छन् उनीहरू
उनीहरू नाङ्गा छन्
उनीहरू अश्लिल नारा लाउँदैछन् ।

त्यसैले
ती नाङ्गाहरूको जुलूस
ठूला घरतिर नपसेसम्म
अहिलेका हकमा
ढोका बन्द गरेर बसौं
झ्याल थुनेर बसौं
कान थुनेर बसौं
नाङ्गाहरूका नारा नसुनौं
श्लिलको बलात्कार नहेरौं
मान्यताको चीरहरण नहेरौं
बरु पसून्, उनीहरू
ठूला घरतिर ।

हामी !
उनीहरूलाइ लज्जाबोध हुने
आँधि नआएसम्म
उनको नग्नताको चेत खुलाउने गरि
भूकम्प नउठेसम्म
ज्वालामुखी नफुटेसम्म
हामी घरभित्र बसौं
झ्याल थुनेर बसौं
कान थुनेर बसौं
आँखा चिम्लेर बसौं ।
झापा
२०७१ जेष्ठ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x