साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमोः वेश्यावल्लभाय

Nepal Telecom ad

वेश्या भन्छ समाज, काम कलिका ! कान्छी रछ्यौ सुन्दरी !
डुब्की लाउँछ कामदग्ध नरले ठानी सुधा– पोखरी !
जाडामा पनि रापिली मदनको बालेर आगो तिमी !
त्यस्तीलाई घृणा गरुँ म कसरी ? वेश्या भएकी भनी,

वेश्याधर्म समान छैन अरु क्यै, ! बस्तैन को खाटमा ?
पाइन्नन् रुपैयाँ दिएर सहजै केटी कुनै हाटमा
पेसा निम्ति तयार पर्छ अरु को सुत्ने विछ्यौना हुन ?
तिम्रो धर्म सदा–सदा अमर होस पानी बनोस जीवन

पौडी खेल्न फराकिलो दह तिमी तिम्रै छ राम्रो तट
छाती पुष्ट छ घाट झंै मदनका दोटा नयाँ मन्दिर
लामा पाससमान बाहुलतिका हाल्छन् अंगालो भने
दोस्री भैकन जान्हवी, रमणकी आकाश गंगा बने

गंगाजी ! जय राप–ताप हर है ठण्डा गराउ दिल
अन्तर्दग्ध मनुष्य कामरसको चाखोस् रसिला फल
सासैबाट सुगन्ध बग्छ जसको, त्यस्तो लतापुष्प झैं
त्यो तिम्रो अनुहार सँुध्न कसको लाग्दैन इच्छा कठै?

हेछ्र्यौ जस्कन चित्त चोरी उसकै प्यारी बनिनछ्यौ किन
राजा रंक सवै तिमीकन यहाँ गर्छन् कि पुजा भन ?
जाउँ हाय उजुर गर्न मकहाँ? तिम्रा सवै छन् बश?
के फेराद गरुँ म नोकरसितै रानीविरुद्धै अव !

लोग्ने मानिस जण्ड छन् अनि तिनै भारी फटाहा भए ।
वेश्या निन्दित हो भनेर रिसले तिम्रो उतार्नी गरे
तिम्रो कर्मविशे अधर्म कविले देखेन यौटा पनि
वेश्यावल्लभ नीतिः नायक हुने कस्तो जमाना छ नि

त्यस्तो सज्जन भेदभाव कुरसी ? कस्तो कदर्थोचित?
के कल्याण गरोस् तिमी सरी कुनै ? कार्पण्यले दुषित ?
आफ्नी स्वच्छ गरुँ ! अरुसित रमूँ ! यस्तै छ रे पौरख ?
तिम्रै कुण्डविशे डुवीकन धुओस् यो भावना दुषित !

सारा तृप्त गराउ चोर अथवा चण्डालको चौकडी !
कोढीको नृपको तथा पुलिसको ठूला धनीको पनि,
ज्यादै दीन र हीनको पनि अहोे ट्याक्सी बनेकी तिमी !
साझा छ्यौ तिमी सुन्दरी रसभरी वेश्या महामोहिनी !

त्यस्तीलाई समाज निन्दित गरोस् ! झर्दैन जिब्रो कुही ?
हे मातर ! रसपानदायिनी ! स्वयं रक्षा गरे द्यौः – मही !
भन्दै प्रेम जनाइ वल्लभ बनी होम्छन् जवानी, धन,
वेश्यावल्लभलाई के भनुं म खै, गर्नु सबैले नमः

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x