मीनप्रसाद लामिछानेसन्तान र सन्त्रास
यौटै सन्तान खस्ला कि त आमा हुन्थिन् सन्त्रासमा
पुल्पुल्याइन् मर्ने बेला लौरो बन्ने विश्वासमा !
सानो छँदा आमा चुम्थिन् हुक्र्यो बढ्यो धम्की दियो,
साँझ पख हिंड्यो सधैं आवाराको तलाशमा !
पढी नाउँ चलाऊ भन्थिन् कहाँ टेर्नु आमा उस्ले,
ज्ञान शिप छैनन् केही छिर्यो मुग्लान हतासमा !
डोको बोकी हिंड्छिन् आमा चिसो चुलो भुटुन छैन,
ऋण काढी ह्वीस्की पिउँदै छोरो उड्छ आकाशमा !
बजार्दैछिन् आमा बाउसो भोकभोकै एक्लै खेतमा,
कामै नपाई सुतेको छ यता छोरो प्रवासमा !
घान्द्रुक– २, कास्की
Subscribe
Login
0 Comments
Oldest




































