जीवनपानीदेखिन्न घाउ
जे सुकै गरौँ, ढुङ्गा बोल्दैन, माटो बोल्दैन
भोकै भए नि, छेउमै रहेको, आटो बोल्दैन ।
गन्तव्य लामो, पाइला छोटो, समय घक्र्यो
अल्मलिएँ म, सोध्दा पनि यो, बाटो बोल्दैन ।
बेला बेलामा, बल्झी रहन्छ, पुरानै व्यथा
देखिन्न घाउ, कोट्ट्याए पनि, खाटो बोल्दैन ।
झुट्टो को थियो, साँचो को थियो, भन्ने कसरी
कोरी सकेको, त्यो इतिहासको, पाटो बोल्दैन ।
बसेरी– ५, धादिङ
Subscribe
Login
0 Comments
Oldest





































